
काठमाडौं ।
पानासोनिकले लुमिक्स एस१आरआईआई नामक ४४.३ एमपी बीएसआई सीएमओएस सेन्सर र एल२ टेक्नोलोजी इन्जिन सहितको नयाँ फुल–फ्रेम मिररलेस क्यामरा प्रस्तुत गरेको छ।
यस क्यामराले डायनामिक रेञ्जको १४ स्टप्स सहित डिटेल्ड स्टिलहरू र ८के भिडियोहरू प्रदान गर्दछ। १७७एमपी ह्यान्डहेल्ड हाई–रिजोल्युसन मोडले ट्राइपड बिना जटिल विषय विवरणहरू क्याप्चर गर्दछ।
भिडियो रेकर्डिङका लागि, क्यामराले अतिरिक्त डिभाइसहरूको आवश्यकतालाई कम गर्दै एप्पल प्रोरेस रः (आरएडब्ल्यू) एचक्यू वा प्रोरेस रः (आरएडब्ल्यू) लाई सीधा सीएफएक्सप्रेस टाइप बी कार्डमा समर्थन गर्दछ।
३०पी मा ८के प्राप्त गर्ने पहिलो लुमिक्स मोडेलको रूपमा, यस क्यामराले योजनाबद्ध फर्मवेयर अपडेटको साथ ६.४के र ८.१के वा ७.२के सम्म सक्षम पार्दै परिष्कृत ओपन गेट सुविधा समावेश गर्दछ। एआई–सञ्चालित फेज हाइब्रिड एएफ प्रणालीले ४० एफपीएस सम्मको हाई–स्पिड कन्टिन्यूअस बस्र्ट र शटर पूर्ण रूपमा थिच्नु अघि क्याप्चर गर्न सुरु गर्ने एसएच प्रि–बस्र्ट फङ्गसनको साथ काम गर्दै मानव आँखा र अनुहारहरू पत्ता लगाउँछ र पछ्याउँछ।
पानासोनिकले ८.०–स्टप कम्पेनसेसन प्रदान गर्न इन–बडी ईमेज स्टेबलाइजेसन अपग्रेड गरेको छ भने डुअल आई.एस. २ ले टेलिफोटो रेञ्जहरूको लागि ७.० स्टपहरू प्राप्त गर्ने उल्लेख गरिएको छ।
क्रपलेस ई.आई.एस भिडियो डिस्टर्सन करेक्सनले वाइड–एंगल शटहरूको लागि दृश्य (भ्यू) को मूल कोण (एंगल) कायम राख्ने बताइएको छ। टिल्ट र फ्री–एंगल मनिटरले क्यामराको नयाँ कम्प्याक्ट बडीमा लचिलोपन थप्दै विभिन्न शूटिङ्ग स्थितिहरू समायोजन गर्दछ।
पानासोनिकले क्रियटर वर्कफ्लोज (सिर्जनाकर्ता कार्यप्रवाह) का लागि समर्थन गर्ने एपहरू विकास गरेको छ। एस१आरआईआईले एलयूटीहरूलाई सीधा क्यामरामा लोड गर्न लुमिक्स ल्याब स्मार्टफोन एप्लिकेसनसँग काम गर्ने उल्लेख गरिएको छ। नयाँ लुमिक्स फ्लो एपले स्टोरीबोर्डिङदेखि फाइल अर्गनाइजेसनसम्मका प्रोडक्सनमा सहयोग गर्नेछ।
लुमिक्स क्यामराहरूमा पहिलो पटक क्यामराले क्याप्चर वन मार्फत टेथरिङ र फ्रेमडटआईओ सँग एकीकरणलाई समर्थन गर्नेछ।
क्यामराको संयोजनमा, पानासोनिकले डीएमडब्ल्यू–बीजी२ ब्याट्री ग्रिप जारी गर्दैछ, जसले कन्टिन्यूअस (निरन्तर) पावर एक्सचेन्जलाई समर्थन गर्दछ र निश्चित मोडहरूमा विस्तारित शूटिङ्ग प्रदान गर्नेछ।
लुमिक्स एस१आरआईआई मार्च महिनाको अन्तमा ३,२९९ अमेरिकी डलरको मूल्यमा उपलब्ध हुने गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: १९ फाल्गुन २०८१, सोमबार