
काठमाडौं ।
नेपालमा सिम कार्डको आयात बढ्दो क्रममा रहेको छ। यो बढोत्तरीको प्रवृत्ति माघ महिनामा पनि उस्तै छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को माघ महिनासम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार नेपालमा ४ करोड ७९ लाख ३२ हजार रुपैयाँ बराबरको सिम कार्ड आयात भएको छ।
उक्त अवधिसम्म माथि उल्लिखित रकम बराबरको १० लाख ७१ हजार ४८१ थान सिम कार्ड आयात भएको विवरणमा उल्लेख छ।
सरकारले उक्त परिमाणको सिम कार्ड आयातबाट यो अवधिमा १ करोड १६ लाख ५२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा छिमेकी चीन र भारतसहित विश्वका जम्मा १२ मुलुकबाट सिम कार्ड आयात भएको छ।
यो अवधिमा सबैभन्दा बढी चीनबाट ४ करोड ७० लाख ४८ हजार रुपैयाँ बराबरको १० लाख १ हजार ५०५ थान सिम कार्ड आयात भएको छ। यसैगरी मेक्सिकोबाट ३ लाख २३ हजार बराबरकझ ४५००० थान, बेलायतबाट ३ लाख ३ हजार बराबरको १५६०० थान, अस्ट्रेलियाबाट १ लाख २५ हजार बराबरको ६५०० थान सिम कार्ड आयात भएको छ।
यसैगरी दक्षिण कोरियाबाट १७ हजार बराबरको ११०० थान, अमेरिकाबाट ३३ हजार बराबरको ६१४ थान, जापानबाट ६९ हजार बराबरको ५०० थान, क्यानडाबाट ३ हजार बराबर ५०० थान, भारतबाट १० हजार बराबरको १५१ थान सिम कार्ड भित्रिएको छ।
यस्तै बेल्जियमबाट ६ थान सिम कार्ड आएको छ जसको कुनै मूल्य उल्लेख छैन भने, सर्बियाबाट १ हजार बराबरको ४ थान र डेनमार्कबाट मूल्य उल्लेख नगरिएको १ थान सिम कार्ड आयात भएको प्रतिवेदमा उल्लेख छ।
प्रकाशित: १९ फाल्गुन २०८१, सोमबार