नयाँ फोल्डेबल फोनको तयारी गर्दै चिनियाँ टेक्नोलोजी जायन्ट ह्वावे

Technology Khabar १५ फाल्गुन २०८१, बिहीबार

काठमाडौं ।

ह्वावेले आगामी फोल्डेबल स्मार्टफोन ह्वावे पकेट ३ को लागि तयारी गरिरहेको छ जसलाई अनफोल्ड गर्दा यसको आस्पेक्ट रेसियो ३ः२ हुन्छ।

यो ढाँचा एप्पलको आईप्याड मिनीले पनि प्रयोग गरेको छ जसमा ८.३ इन्चको डिस्प्ले रहेको छ। पकेट ३ ले ६.३–इन्चको डिस्प्ले प्रयोग गर्नेछ र यसललाई खोल्दा यो सानो आईप्याड मिनी जस्तो देखिनेछ। पकेट ३ मा हुने ३.५–इन्चको एक्सटर्नल (बाह्य) डिस्प्लेको ढाँचाको बारेमा भने जानकारी उपलब्ध नभएको उल्लेख गरिएको छ।

ह्वावे पकेट २ गत वर्ष फेब्रुअरीमा लन्च गरिएको थियो र त्यसैले पकेट ३ कुनै पनि अब कुनै पनि क्षण मा आउन सक्ने अपेक्षा गरिएको छ। साथै नयाँ फर्म फ्याक्टरको साथ, पकेट ३ ले यसको आफ्नो पूर्ववर्तीको तुलनामा बढी ध्यान आकर्षित गर्ने अपेक्षा पनि गरिएको छ।

पकेट ३ ले ह्वावेको आफ्नै अपरेटिङ सिस्टम हार्मनीओएस प्रयोग गर्नेछ जसको एन्ड्रोइडसँग कुनै सम्बन्ध छैन। पकेट ३ को अन्य विवरण हाल उपलब्ध नभएको टेलीग्राफले उल्लेख गरेको छ।

प्रकाशित: १५ फाल्गुन २०८१, बिहीबार

तपाइको प्रतिक्रिया