काठमाडौं ।
ओप्पोले फाइन्ड एन५ फ्ल्यागशिप सार्वजनिक गरेको छ, जुन विश्वकै पातलो पुस्तक शैलीको फोल्डेबल स्मार्टफोन भएको कम्पनीले दाबी गरेको छ।
ओप्पोले आफ्नो नयाँ फ्ल्यागशिप फोल्डेबल स्मार्टफोनको विश्वव्यापी सुरुवातको घोषणा गरेको हो।
फाइन्ड एन५ विश्वकै सबैभन्दा पातलो पुस्तक शैलीको डिभाइस हो जुन बन्द गर्दा ८.९३ मिमी साइजको हुन्छ । यसमा बजारमा उपलब्ध फोल्डेबल मध्ये सबैभन्दा ठूलो डिस्प्ले रहेको छ, जसलाई खोल्दा ८.१२ इन्चको हुने कम्पनीले भनेको छ। यस्तै बन्द गर्दा यो ६.६२ इन्च साइजको डिस्प्ले हुन्छ।
यसको स्क्रीन खोल्दा केवल ४.२१ मिमी मोटाइको हुने यो डिभाइसमा आकर्षक डिजाइन रहेको छ जुन ओपोको दाबी छ कि यसले फोल्डेबल बजारमा नयाँ मानक स्थापित गर्दछ।
यसको अति-उच्च क्षमताको ५६०० एमएएच डुअल-सेल ब्याट्रीले एक नयाँ मानक सेट गर्ने कम्पनीको दाबी छ, जुन पूरा दिनभन्दा बढी टिक्छ र फोल्डिङ र नन-फोल्डिङ प्रतिस्पर्धालाई हराउँछ।
यो ब्याट्री लाइफ नेक्स्ट-जेन ओप्पो सिलिकन-कार्बन ब्याट्रीबाट सम्भव भएको उल्लेख छ, जसमा उद्योग-अग्रणी १० प्रतिशत सिलिकन रहेको छ, जसले गर्दा यसको क्लास-अग्रणी क्षमताको बावजुद अविश्वसनीय रूपमा पातलो २.१ मिमी साइजको ब्याट्री सेल छ। फोनमा ५० एमपीको पेरिस्कोप क्यामरा राखिएको छ।

यो स्न्यापड्रागन ८ ईलाइट मोबाइल प्लेटफर्म (Snapdragon® 8 Elite Mobile Platform) का साथ लन्च हुने पहिलो फोल्डेबल फोन हो।
ओप्पोले डिभाइसको आईपीएक्स ९ इंग्रेस प्रोटेक्शनको लागि अर्को उद्योगमै पहिलो भएको दाबी गरेको छ।
यो फोनको मूल्य लगभग १,८०० अमेरिकी डलर रहेको छ।
प्रकाशित: ११ फाल्गुन २०८१, आईतवार