सात महिनामा नेपालमा १४ अर्ब ७५ करोडमाथिको विद्युतीय चारपाङ्रे सवारी आयात

  • Technology Khabar | ११ फाल्गुन २०८१, आईतवार
सात महिनामा नेपालमा १४ अर्ब ७५ करोडमाथिको विद्युतीय चारपाङ्रे सवारी आयात

काठमाडौं ।

माघ महिनासम्ममा नेपालमा १४ अर्ब ७५ करोड रुपैयाँ हाराहारीको ६ हजार २५६ थान विद्युतीय चारपाङ्ग्रे सवारी साधान आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को माघ महिनासम्मको वैदेशिक व्यापार प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको पाइएको हो।

प्रतिवेदनका अनुसार यसरी भित्रिएका चारपाङ्ग्रे सवारी साधनमा विशेषगरी सामान्य कार, जीप र भ्यानका साथै अतिरिक्त मोटर पावर भएका कार, जीप र भ्यान रहेका छन्। यो सूचीमा तीनपाङ्रे र दुईपाङ्रे सावारी साधनलाई समावेश गरिएको छैन।

चालु आर्थिक वर्ष २०८१/८२ को सातौं महिना माघसम्म नेपाल भित्रिएका चारपाङ्ग्रे सवारी साधनको समग्र मूल्य १४ अर्ब ७५ करोड ३ लाख ९७ हजार रुपैयाँ रहेको छ।

भन्सार विभागका अनुसार यस अवधिमा चीन, भारत र जर्मनी, कोरिया र अमेरिका गरी विश्वका पाँच देशबाट ती सवारी साधन भित्रिएका हुन्।

यस्तो छ आयातको विवरण:

५० किलोवाटसम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
कार, जीप र भ्यान चीन ५० किलोवाटसम्म १२६८ २, ३५, ०३, ९७, ०००
कार, जीप र भ्यान भारत ५० किलोवाटसम्म ८९१ १, ५३, ०४, ८८, ०००

 

५१ देखि १०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
कार, जीप र भ्यान चीन ५१ देखि १०० किलोवाटसम्म २९२२ ७, ५३, १८, ०००००
कार, जीप र भ्यान भारत ५१ देखि १०० किलोवाटसम्म ५६८ १, १६, ३८, ४८, ०००
कार, जीप र भ्यान दक्षिण कोरिया ५१ देखि १०० किलोवाटसम्म ४५, ८९, ०००

 

१०१ देखि २०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
कार, जीप र भ्यान चीन १०१ देखि २०० किलोवाटसम्म ५७० १, ९२, ८४ ,३७, ०००
कार, जीप र भ्यान सं. रा. अमेरिका १०१ देखि २०० किलोवाटसम्म ४१, १४, ०००
कार, जीप र भ्यान जर्मनी १०१ देखि २०० किलोवाटसम्म १७ १, १५, ७८, ३०००
कार, जीप र भ्यान दक्षिण कोरिया १०१ देखि २०० किलोवाटसम्म  १, ५७, ८८, ०००

 

२०१ देखि ३०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
पिक पावरयुक्त कार, जीप र भ्यान चीन २०१ देखि ३०० किलोवाटसम्म ४, ५०, ४३, ०००
पिक पावरयुक्त कार, जीप र भ्यान जर्मनी २०१ देखि ३०० किलोवाटसम्म २, ६२, ५५, ०००
पिक पावरयुक्त कार, जीप र भ्यान अमेरिका २०१ देखि ३०० किलोवाटसम्म ४७,९१,०००

 

३०० किलोवाटदेखि माथिको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
पिक पावरयुक्त कार, जीप र भ्यान चीन  ३०० किलोवाटदेखि माथि ८३, २३, ०००

प्रकाशित: ११ फाल्गुन २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार