दक्षिण कोरियामा इभीसहित ७६ हजार गाडी मर्मतका लागि फिर्ता

  • Technology Khabar | ७ फाल्गुन २०८१, बुधबार
दक्षिण कोरियामा इभीसहित ७६ हजार गाडी मर्मतका लागि फिर्ता
फाइल तस्बिर

काठमाडौं ।

दक्षिण कोरियाका पाँच स्वदेशी र विदेशी अटोमोबाइल निर्माताहरूले उत्पादनमा त्रुटि भएका कारण करिब ७६ हजार सवारी साधन स्वैच्छिक रूपमा फिर्ता गर्ने यातायात मन्त्रालयले बुधबार जनाएको छ।

भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार किया कर्पले निरो इलेक्ट्रिक भेइकल (इभी) लगायत दुई फरक मोडलका ३५ हजार ५७१ इकाइ त्रुटिपूर्ण एयरब्याग प्रणालीका लागि फिर्ता गर्नेछ।

बीएमडब्लु कोरियाले कूलिङ पम्प तार कनेक्टरमा समस्या भएका कारण ५२८आई सेडान जस्ता २८ मोडलका २४ हजार ३७१ इकाइ फिर्ता गर्नेछ, जसले आगोको जोखिम निम्त्याउँछ।

ट्रान्सफर्मर र हाइब्रिड कन्ट्रोल सिस्टममा भएका सफ्टवेयर त्रुटिहरूले रेनो कोरिया मोटर्सको अर्काना हाइब्रिड स्पोर्टस युटिलिटी भेहिकल (एसयूभी) सहित दुईओटा मोडलका आठ हजार ५६ इकाइहरू फिर्ता बोलाएको छ।

टेस्ला कोरियाले मोडल वाईका सात हजार ७८१ इकाइहरूमा इलेक्ट्रिक पावर असिस्ट स्टेयरिङ (इपीएएस) प्रणालीमा भएका सफ्टवेयर त्रुटिहरू सुधार गर्नेछ।

जगुआर ल्यान्ड रोभर कोरियाले डिफेन्डर ११० ए३०० एसयूभी सहित चार मोडलका ६०३ इकाइहरूमा सुधारात्मक कारबाही गर्नेछ।

सवारी साधन मालिकहरूले मर्मत र सेवा केन्द्रहरूमा गएर दोषपूर्ण पाट्र्सहरू निःशुल्क बदल्न सक्छन्। रासस/सिन्ह्वा

प्रकाशित: ७ फाल्गुन २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...