अटो टेक

अझै सत्ताइस लाख लाइसेन्स छाप्न बाँकी, कहिले सकिएला ?

अझै सत्ताइस लाख लाइसेन्स छाप्न बाँकी, कहिले सकिएला ?
Global IME Bank

यातायात व्यवस्था विभागले चालु आर्थिक वर्षको सात महिनामा डेढ लाख प्रति सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छापेको छ। तीमध्ये एक लाख ६९ हजार ४३९ थान गरी वितरणका लागि सम्बन्धित यातायात कार्यालयमा पठाएको छ। विभागले दैनिक तीन हजारसम्म छपाइ गर्दै आएको छ।

विभागका अनुसार हालसम्म करिब २७ लाख प्रति लाइसेन्स छाप्न बाँकी छ। लाइसेन्स छाप्ने काम प्रदेश सरकारले गर्ने तयारी भए पनि काम सुरु नहुँदा विभागमा छाप्न बाँको सङ्ख्या थपिइरहेको विभागका महानिर्देशक राजीव पोखरेलले बताए।

२०७२ सालदेखि स्मार्ट लाइसेन्स लागू भएपछि छपाइको काम निरन्तर बाँकी रहँदै आएको छ। परीक्षा पास गरेकाले लाइसेन्स कार्ड पाउन कम्तीमा दुईदेखि तीन वर्षसम्म कुर्नुपर्ने बाध्यता छ।

हाल सवारीचालक अनुमतिपत्र क्युआर कोड भएको लाइसेन्स उपलब्ध गराउने नियमावलीमा व्यवस्था गरेको छ। तर प्रदेश सरकारले प्रदेशबाटै लाइसेन्स छपाइको काम सुरु नगर्दासम्म छाप्न बाँकी समस्या रहिरहने विभागले जनाएको छ। हालसम्म कुनै प्रदेशबाट लाइसेन्स छपाइ सुरु भएको छैन।

आजको गोरखापत्रबाट

Sajilo Visa
easy care