पौष मसान्तसम्म भित्रियो २६ करोडमाथिको विद्युतीय चुलो

Technology Khabar २९ माघ २०८१, मंगलवार

पौष मसान्तसम्म भित्रियो २६ करोडमाथिको विद्युतीय चुलो
ललितपुरको ग्वार्को कम्प्लेक्समा अवस्थित बिग डिजिटलमा बिक्रीका लागि राखिएका इन्डक्सन चुल्हो। फाइल तस्बिर

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८१/८२ को छैटौं महिना पौष मसान्तसम्म नेपालमा २६ करोड १२ लाख ४६ हजार रुपैयाँ बराबरका विद्युतीय चुलोहरु आयात भएका छन्।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको पौष मसान्तसम्मको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार नेपालले विश्वका विभिन्न १० देशहरुबाट उक्त मूल्य बराबरका १ लाख ३२ हजार ९८७ थान यस्ता विद्युतीय चुलोहरु आयात गरेको हो।

यी परिमाणमा विद्युतीय चुलोहरु आयातवापत् सरकारले ३ करोड ७३ लाख १४ हजार रुपैयाँ राजश्व आम्दानी गरेको छ।

यसरी आयात भएका विद्युतीय चुलोहरुलाई इण्डक्शन, इन्फ्रारेड र अन्य विद्युतीय चुलोमा वर्गीकरण गरिएको छ।

यीमध्ये सबैभन्दा धेरै चीनबाट २३ करोड ३५ लाख २० हजार बराबरको १ लाख १६ हजार ६०३ थान तथा भारतबाट २ करोड ७० लाख ५५ हजार बराबरको १५ हजार ९९६ थान चुलो आएको छ।

यसैगरी कतारबाट १ हजार बराबरको ३ थान, सिंगापुरबाट १६ हजार बराबरको २४ थान, बंगलादेशबाट ५ लाख ८१ हजार बराबरको ३३० थान,  मलेसियाबाट ३४ हजार बराबरको ७ थान, यूएईबाट २६ हजार बराबरको ११ थान, इजरायलबाट १ हजार बराबरको १ थान, बेलायतबारट २ हजार बराबरको २ थान  तथा इटलीबाट ९ हजार बराबरको १ थान विद्युतीय चुलो आएको पाइएको छ।

यस्तो छ विवरण:

इण्डक्शन चुलो

क्र संदेशपरिमाणरकम (हजारमा)
बंगलादेश३०५९
चीन८६९१३१७८८०९
भारत१२१९३१९३८६
मलेसिया३४
कतार
सिंगापुर२३१४
यूएई११२६
इटली

 

इन्फ्रारेड चुलो

क्र संदेशपरिमाणरकम (हजारमा)
बंगलादेश३००५२२
चीन२९०१६५०९६०
भारत३४२६६७४४

 

अन्य विद्युतीय चुलो

क्र संदेशपरिमाणरकम(हजारमा)
चीन६७४३७५१
भारत३७७९२४
कतार
सिंगापुर
इजरायल
बेलायत

प्रकाशित: २९ माघ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया