एप्पल इन्टेलिजेन्स ट्वीक्सको साथ आईओएस १८.३ र आईप्याडओएस १८.३ सार्वजनिक

  • Technology Khabar | १६ माघ २०८१, बुधबार
एप्पल इन्टेलिजेन्स ट्वीक्सको साथ आईओएस १८.३ र आईप्याडओएस १८.३ सार्वजनिक

काठमाडौं ।

एप्पलले आईओएस १८.३ र आईप्याडओएस १८.३ सार्वजनिक गरेको छ। नयाँ सफ्टवेयर संस्करणले बोटबिरुवा र जनावरहरू पहिचान गर्न र पोस्टर वा फ्लायरहरूबाट सीधै इभेन्ट (कार्य)हरू क्यालेन्डर एपमा थप्नको लागि भिजुअल इन्टेलिजेन्स समर्थन थप गरेको छ।

अपडेटले समाचार र मनोरन्जन एपहरूको लागि एप्पल इन्टेलिजेन्स नोटिफिकेसन समरिज (सारांशहरू) पनि हटाएको उल्लेख छ। यो एक अस्थायी उपाय भएको र आवश्यक परे भविष्यमा यसलाई फेरि प्राप्त गर्न अप्ट इन गर्न सकिने एप्पलले बताएको छ।

एप्पल इन्टेलिजेन्सद्वारा बनाइएका सबै समरिज (सारांशहरू) अब इटालिसाइज्ड (इटालिक) हुनेछन् र जसले तिनीहरूलाई अन्य नोटिफिकेसन (सूचना)हरू बाट राम्रोसँग छुट्याउने बताइएको छ।

नोटिफिकेसन समरिज (सूचना सारांशहरू)का लागि सेटिङहरू लक स्क्रिनबाट मिलाउन (व्यवस्थित गर्न) सकिनेछ र त्यसको लागि स्वाइप गरेर अप्सन्सहरू ट्याप गरे मात्रै पुग्नेछ। साथै यसले विशेष एपको लागि नोटिफिकेसन समरिज (सूचना सारांशहरू) तुरुन्तै असक्षम गर्न दिनेछ।

त्यसै गरी ईक्वुअल्स साइन (बराबर चिन्ह) ट्याप गर्दा क्याल्कुलेटरले अघिल्लो हिसाब देखाउने (देहोर्याउने) उल्लेख गरिएको छ। साथै सिरी टाइप गरेर अनुरोध गर्दा किबोर्ड गायब हुने समस्या समाधान गरिएको छ भने एप्पल म्युजिक बन्द गरेपछि पनि गीत समाप्त नभएसम्म अडियो प्लेब्याक जारी रहने भएको छ।

यो रिलीजसँगै, नयाँ प्रयोगकर्ताहरूका साथै आईओएस १८.३ मा अपग्रेड गर्नेहरूका लागि एप्पल इन्टेलिजेन्स स्वचालित रूपमा सक्षम हुनेछ। त्यसैले अब एआई सुविधाहरू पहिलेको जस्तै अप्ट–इनको सट्टा अप्ट–आउट भएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: १६ माघ २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार