गूगलले सोशियल साइट ‘गूगल प्लस’ बन्द गर्दै, ५ लाख प्रयोगकर्ताको डेटा असुरक्षित

  • Technology Khabar | २३ आश्विन २०७५, मंगलवार

काठमाडौं ।

काठमाडौँ । गूगलले सोसल मिडिया प्लेटफर्म गूगल प्लस बन्द गर्ने भएको छ । कम्पनीले गूगल प्लसमा (Google+) ५ लाख भन्दा बढि प्रयोगकर्ताहरुको अकाउन्टमा संभावित बग भेटिएको भन्दै सो प्लेटफर्म नै बन्द गर्ने भएको हो ।

गूगलले सन् २०१५ देखि मार्च २०१८ को बिचमा गूगल प्लस प्रयोग गर्नेहरुको डेटा लिक हुनसक्ने संभावनाका बिच सो साइट बन्द गर्ने भएको हो ।

गूगलले हालसम्म त्यसमा कुनै डेटा दूरुपयोग नभएको बताएको छ । तर पनि सो घट्नापछि कम्पनीले सामाजिक संजाल गूगल प्लसलाई बन्द गर्ने योजना राखेको छ ।

गूगलले त्यस्तो बगको संभावना कसरी भयो भनेर जानकारी भने दिएको छैन् । रिपोर्टकाअनुसार एउटा सफ्टवेयरमा कमजोरीको कारण बाहिरी सफ्टवेयर डेभलपर्सलाई प्राइभेट गूगल प्लस प्रोफाइलको एक्सेस मिलेको संभावना औल्याईईएको छ । गूगलकाअनुसार प्रभावित डेटामा अप्शन गूगल प्लस प्रोफाइलमा दिईएका नाम, ईमेल, व्यवसाय, जेण्डर र उमेर जस्ता व्यक्तिगत जानकारीहरु छन् ।

गूगल प्लसमा ५ लाख यूजर्सहरु खतरामा भएको हुँदा यसलाई बन्द गरिएको हो । तर इन्टरप्राइज यूजर्सका लागि यो संचालन हुनेछ । किनकी कम्पनीहरुले यसलाई अधिक प्रयोग गर्ने गर्दछन् ।

गूगलका इन्जिनियरिंगका भाइस प्रेसिडेन्ट बेन स्मीथले एक ब्लग पोष्टमा भनेका छन्, ‘गूगल प्लस उपभोक्ताहरुको अपेक्षाअनुसार सिर्जना गर्न र मेन्टेन गर्न निकै चुनौती पूर्ण रहेको थियो तर पनि गूगल प्लसको उपभोक्ता भर्सन भने निकै कम मात्र प्रयोगमा आयो, हामीले गूगल प्लसको उपभोक्ता भर्सनलाई बन्द गर्ने निर्णय गरेका छौं ।’

गूगलले सन् २०११ मा यूजर्सहरुका लागि गूगल प्लस लन्च गरेको थियो जसले फेसबुकलाई टक्कर दिने अनुमान गरिएको थियो । तर पनि गूगल प्लसलाई यूजर्सले मन पराएनन् । गूगलकाअनुसार गूगल प्लसका ९० प्रतिशत सेशन केलब ५ सेकेण्डका मात्र थिए ।

गूगल प्लस आगामी १० महिनामा पूर्णरुपमा बन्द हुनेछ र सो अवधिसम्म यूजर्सलाई आफ्नो डेटाहरु ट्रान्सफर गर्ने अवधि दिईनेछ ।

प्रकाशित: २३ आश्विन २०७५, मंगलवार

तपाइको प्रतिक्रिया