
काठमाडौं ।
काठमाडौँ । फेसबुक प्रयोगकर्ताहरुलाई ध्यानमा राखेर फेसुबकले आफ्नो पहिलो हार्डवेयर उत्पादन सार्वजनिक गरेको छ । कम्पनीले स्मार्ट स्पिकर सार्वजनिक गरेको छ, जसको माध्यमबाट भिडियो कल गर्न सहज हुनेछ ।
यसअघि नै बजारमा रहेका अमेजन र गूगलसँग कम्पनीले प्रतिस्पर्धा गर्ने गरि स्मार्ट स्पिकर निकालेको हो ।
फेसबुकको भिडियो कलिंग डिभाइसलाई ‘पोर्टल'(Portal) नाम दिईएको छ जून दुई मोडलमा बजारमा उपलब्ध हुनेछ । यो डिभाइस १९९ अमेरिकी डलर र ३४९ अमेरिकी डलरमा किन्न पाईनेछ । यसमा वाइड एंगल क्यामरा राखिएको छ जसले यूजरहरु कोठामा यताउता हिँड्दा पनि अटोमेटिक तरिकाले फोकस गर्ने बताईएको छ ।
पोर्टलका दुई मोडल मध्ये एउटा १० इन्चको छ भने अर्को १५.६ इन्चको रहेको छ । यी दुबैमा हाईफाई अडियो पोर्टल प्लस प्रयोग गरिएको छ भने यसमा ‘हे पोर्टल’ भ्वाइस नेभिगेसन राखिएको छ । यो डिभाइस विशेषगरि फेसबुक म्यासेन्जरमा फ्यामिली भिडियो कलिंग, स्पोटीफाई, र पाण्डोरा प्रयोग गर्न सकिन्छ भने भ्वाइसद्धारा कन्ट्रोल गर्न सकिने गित तथा भिडियोहरु समेत हेर्न सकिने बताईएको छ ।
यी डिभाइस अमेरिकी बजारमा नोभेम्बरदेखि उपलब्ध हुनेछ, तर अन्य बजारको बारेमा भने उल्लेख छैन् ।
पोर्टलमा पासकोड प्रयोग गरेर लक गर्न सकिन्छ र यसको माइक्रोफोन र क्यामरालाई बटन थिचेर अफ गर्न सकिन्छ । यसको भिडियो र भ्वाइस कल इन्क्रिप्ट गरिएको छ भने यसका कन्टेन्टहरु स्टोर नहुने कम्पनीले जानकारी दिएको छ ।
यो गूगलको एन्ड्रोयड मोबाइल अपरेटिंग सिस्टममा आधारित रहेको छ जसले अमेजनको एलेक्सा भ्वाइस असिस्ट्यान्टसँग सहकार्य गर्दछ ।
फेसबुकले अन्य प्रतिस्पर्धीहरुसँग कडा प्रतिस्पर्धा गर्नुपरे पनि अरु स्मार्ट स्पिकरमा टचस्क्रीन डिस्प्ले नभएको हुँदा त्यसले ग्राहकहरुलाई आकर्षित गर्ने अनुमान गरिएको छ ।
एजेन्सी
प्रकाशित: २२ आश्विन २०७५, सोमबार