
काठमाडौं ।
काठमाडौं । किया मोटर्सले अल न्यू इलेक्ट्रिक ई–नेरो पेरिस मोटर शो २०१८ मा प्रदर्शन गरेको छ । क्रसओभर एसयूभी गाडि युरोपेली बजारमा अर्को वर्षको मार्चबाट बिक्री शुरु हुनेछ ।
यसको मुख्य विशेषता भनेको यो गाडिलाई एक पटक चार्ज गरेपछि ४८५ किलोमिटरसम्म गुड्न सक्छ । यो हालसम्मको विश्वमै सबैभन्दा लामो अवधिसम्म गुड्नसक्ने इलेक्ट्रिक भेहिकल हो ।
यसलाई १०० किलोवाटको फास्ट चार्जरले केबल ४२ मिनेटमा २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । ६४ किलोवाट आवर ब्याट्री–प्याक भएको कारमा दिइएको १५० किलोवाट ९२०९ पीएस० मोटरले ३९५ एनएम–टर्क उत्पादन गर्छ । जुन ७।८ सेकेन्डमा ० बाट १०० किलोमिटरको स्पीड लिनसक्छ ।
यसलाई पूर्णतया नयाँ पावरट्रेनले पावर दिएको छ । जसमा दुईवटा फरक प्रकारका ब्याट्री प्याकको अप्सनहरू ३९.२ किलोवाट आवर र ६४ किलोवाट आवर लिथियम आयन पोलिमर रहेका छन् । युरोपेली बजारमा भने ठूलो ब्याट्री प्याक भएको गाडीमात्र उपलब्ध हुनेछ।
कियाको नयाँ इलेक्ट्रिक गाडिमा फ्रन्ट–ह्वील ड्राइभ रहेको छ, जसले रि–जेनरेटेड ब्रेकिङ्ग सिस्टमको माध्यमबाट यसको रेञ्ज बढाउँछ । साथै, यसमा रहेको इको ड्राइभिङ्ग असिस्टेन्ट सिस्टमले चालकलाई कसरी गाडीको पावर क्षमता बढाउने भनेर सुझाव दिन्छ ।
यसले चालकलाई कतिबेला ब्रेक लगाएर पावर बढाउने र कतिखेर कुदाईरहने भनेर जानकारी दिन्छ । यसमा तीन प्रकारको नर्मल, ईको र स्पोट्र्स ड्राइभिङ्ग–मोड उपलब्ध रहेको छ । जसले पावरटेनमा कतिको पावर पठाउने भन्ने निक्योल गर्नेछ ।
कारको भित्र ड्यासबोर्डको बीचमा ७ इञ्चको टचस्क्रिन दिएको छ जसमा चार्जर–म्यापजस्ता इलेक्ट्रिक कार स्पेसिफिक फिचरहरू देखाउनेछ । यसको ब्याट्रीलाई किया मोट्र्र्सले सात वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी रहेको जनाएको छ ।
यसको शुरुवाती मूल्य २० हजार पाउन्डदेखि २४ हजार पाउन्डसम्म रहने छ ।
कियाले सन् २०१६ देखि उत्पादन गरेको हाइब्रिड र प्लग-इन नेरो गाडि २ लाख भन्दा बढि बिक्री गरिसकेको छ ।
प्रकाशित: १९ आश्विन २०७५, शुक्रबार