Technology Khabar ३ माघ २०८१, बिहीबार
काठमाडौं ।
इन्डोनेसियाले सामाजिक सञ्जाल कम्पनीहरूमाथि बाल संरक्षण सम्बन्धी अन्तरिम निर्देशन लागू गर्ने भएको छ। सरकारले भने प्लेटफर्महरूको प्रयोगकर्ताका लागि न्यूनतम उमेर तोक्न कानुन निर्माण गर्ने तयारी गरिरहेको छ। यो कुरा बुधवार स्थानीय सञ्चार मन्त्रालयका वरिष्ठ अधिकारीले बताएका रोयटर्सले उल्लेख गरेको छ।
सोमबार सञ्चर मन्त्री म्युट्या हाफिडले राष्ट्रपति प्रबोवो सुबियान्तोसँग बालबालिकाको अनलाइन सुरक्षाको लागि प्रस्तावबारे छलफल गरेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि न्यूनतम उमेर तोक्ने नियम ल्याउने योजना रहेको बताएका थिए।
यो योजना अष्ट्रेलियाले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पहुँच प्रतिबन्ध गर्ने निर्णय गरेपछि अघि बढाइएको हो। अष्ट्रेलियामा इन्स्टाग्राम र फेसबुकको मूल कम्पनी मेटादेखि टिकटकजस्ता प्रविधि कम्पनीहरूले बालबालिकालाई प्लेटफर्ममा पहुँच दिन असफल भएमा जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको छ।
“मन्त्रीको भन्नु भनेको सरकार उमेर सीमाका लागि कडा नियमतर्फ उन्मुख छ, जसका लागि कानुन निर्माण गरिनेछ,” सञ्चार र डिजिटल मन्त्रालयका वरिष्ठ अधिकारी एलेक्सान्डर साबरले रोयटर्सलाई बताए।
त्यसबीच सरकारले डिजिटल प्लेटफर्महरू, सामाजिक सञ्जाल कम्पनीहरू सहित, बाल संरक्षण निर्देशन पालना गर्नका लागि एक नियम जारी गर्नेछ। यद्यपि उनले विस्तृत जानकारी दिएनन्।
“सरकारी नियमको मुख्य उद्देश्य बाल संरक्षण हो — उनीहरूलाई शारीरिक, मानसिक वा नैतिक खतराबाट कसरी जोगाउने भन्नेमा जोड दिइनेछ,” उनले भने। साथै, यो नियमले बालबालिकालाई सामाजिक सञ्जालमा पहुँच पूर्ण रूपमा रोक्ने नभएको पनि स्पष्ट पारे।
मेटा र टिकटकले यसबारे टिप्पणी गर्न अस्वीकार गरेका बताइएको छ।
नाम मात्र सार्वजनिक गरेकी ४६ वर्षीया तीन सन्तानकी आमा नुरमायन्ती बाल संरक्षणका लागि सामाजिक सञ्जाल सामग्री नियन्त्रण गर्ने योजनासँग सहमत भएको बताउँछिन्।
“अहिले उनीहरूले स्वतन्त्र रूपमा सामाजिक सञ्जाल खोल्न सक्छन्, जसले हामी अभिभावकहरूलाई चिन्तित बनाउँछ,” उनले भनिन्। साथै, कानुन कडा र स्पष्ट हुनुपर्ने उनको जोड छ।
तर इन्डोनेसियाको मुख्य मानव अधिकार निकायकी आयुक्त अनिस हिदायाहले बालबालिकाका लागि इन्टरनेट सीमित गर्नु महत्त्वपूर्ण भए पनि सरकारले जानकारी प्राप्त गर्ने उनीहरूको अधिकार नरोकेको सुनिश्चित गर्नुपर्ने बताइन्।
प्रकाशित: ३ माघ २०८१, बिहीबार