Technology Khabar १ माघ २०८१, मंगलवार
काठमाडौं ।
सामसङले अबको दुई हप्तामा आफ्नो ग्यालेक्सी स२५ सिरिज अनावरण गर्दैछ। राउण्ड कर्नर्स (गोलाकार कुनाहरू) र बिल्ट–इन एस पेनसहितको ग्यालेक्सी स२५ अल्ट्रा सबैभन्दा बहुप्रतिक्षित मोडेल हो।
यद्यपि, भर्खरको जानकारीले भने डिभाइसको स्टाइलसले आफ्नो केही अद्वितीय सुविधाहरू गुमाउन सक्ने सुझाव दिएको छ।
रिटेल इनसाइडरहरूसँग कुरा गर्दै लीकस्टर इशान अग्रवालले सामसङले एस पेनबाट ब्लुटुथ फङ्सनालिटी हटाउने भएकाले अब इशाराहरू र रिमोट कन्ट्रोल जस्ता सुविधाहरू अब उपलब्ध नहुने खुलासा गरेका छन्।
हाल, एस पेनमा सिङ्गल प्रेस गर्दै फोटो लिन सकिन्छ भने डबल प्रेस गरेर अगाडि र पछाडि क्यामराहरू बीच स्विच गर्न सकिन्छ। साथै स्टाइलसको स्विइप जेस्चरले फोटो मोडहरू परिवर्तन गर्दछ।
त्यसैगरी उक्त फिचर कलेक्सन लाई एयर एक्सस नाम दिइएको छ जसले ब्याक, होम, रिसेन्ट र स्मार्ट सेलेक्ट जस्ता कार्यहरू गर्न जादुको छडीजस्तै स्टाइलसलाई हल्लाउन सकिनेछ।
यो फङ्सनालिटी ट्याब एस७ देखि ट्याब एस१० जस्ता सबै फ्ल्यागशिप ट्याब्लेटहरूका साथै नोट सिरिज, ग्यालेक्सी जेड फोल्ड६ र २०२१ पछि रिलीज भएका सबै ग्यालेक्सी एस फ्ल्यागशिपहरूमा पहुँचयोग्य रहेको छ।
सामसङसँग यी सुविधाहरू कति पटक प्रयोग गरिन्छ भन्ने बारेमा धेरै डाटा उपलब्ध भएको बताइएको छ। कोरियाली कम्पनीले ग्यालेक्सी एस२५ अल्ट्राको राउण्ड कर्नर्स (गोलाकार कुनाहरू) सहितको नयाँ डिजाइन भएको डिभाइसमा सानो स्टाइलसलाई समायोजन गर्नको लागि यस कदम चालेको हुन सक्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: १ माघ २०८१, मंगलवार