Technology Khabar २९ पुष २०८१, सोमबार
काठमाडौं ।
ह्वाट्सएपले प्रयोगकर्ताहरूलाई पर्सनलाइज्ड (निजीकृत/व्यक्तिगत) एआई च्याटबटहरू सिर्जना गर्न दिने एक सुविधामा काम गरिरहेको बताइएको छ।
त्यसैगरी भर्खरै ह्वाट्सएपले आफ्नो एन्ड्रोइड एपको लागि नयाँ इन्टरफेस परीक्षण गरिरहेको सुन्नमा आएको थियो जहाँ सम्भवतः सबै एआई–सञ्चालित सुविधाहरू एकै ठाउँमा प्रदान गर्नका निम्ति कम्युनिटीज ट्याबलाई “एआई” ट्याबले प्रतिस्थापन गरिएको उल्लेख छ।
एन्ड्रोइडका लागि ह्वाट्सएप बिटाको यो सुविधालाई २.२५.१.२६ संस्करणको रुपमा देखेको डब्ल्यूएबिटाइन्फोले खुलासा गरेको छ। त्यसका साथै स्रोतले एक स्क्रिनसट पनि साझा गरेको छ जसले एआई च्याटबोटलाई ‘एआई क्यारेक्टर’ भनिने सम्भावना रहेको रिपोर्टमा उल्लेख छ।
ह्वाट्सएप प्रयोगकर्ताहरूले यसलाई एप भित्र सिर्जना गर्न सक्षम हुनेछन् बताइएको छ। साथै व्हाट्सएपले च्याटबट–क्रियटिङ्ग प्रोसेस (सिर्जना प्रक्रिया)लाई सजिलो बनाउन सुझावहरू समावेश गर्ने योजना पनि बनाएको स्रोतलाई उदृत गर्दै बताईएको छ।
च्याटबोट सिर्जना गर्दा ह्वाट्सएपले प्रयोगकर्ताहरूलाई यसले के गर्छ र यसको मुख्य उद्देश्य के हुनेछ भनेर वर्णन गर्नका लागि सोध्ने उल्लेख गरिएको छ।
यो सुविधा विश्वभर सबैका लागि सार्वजनिक रूपमा कहिले जारी हुनेछ भन्ने बारेमा स्पष्ट नभएको उल्लेख छ। यो सुविधा हाल विकास अन्तर्गत भएकोले बिटा परीक्षकहरूको लागि पनि अनुपलब्ध नभएको उल्लेख गरेको छ।
प्रकाशित: २९ पुष २०८१, सोमबार