स्थानीय रूपमा आईफोन निर्माण गर्न सुरु नगरेसम्म इन्डोनेसियाले आईफोन १६ माथिको प्रतिबन्ध नहटाउने 

  • Technology Khabar | २६ पुष २०८१, शुक्रबार
स्थानीय रूपमा आईफोन  निर्माण गर्न सुरु नगरेसम्म इन्डोनेसियाले आईफोन १६ माथिको प्रतिबन्ध नहटाउने 

काठमाडौं ।

इन्डोनेसियाले आईफोन १६ माथि लगाएको आफ्नो प्रतिबन्ध हटाउनको लागि एप्पलले देशमा आईफोन कम्पोनेन्टहरूको लागि उत्पादन केन्द्र स्थापना गर्न पर्ने रोयटर्सले रिपोर्ट गरेको छ।

पछिल्ला केही दिनहरूमा इन्डोनेसियाका उद्योग मन्त्री आगुस गुमिवाङ कार्तासासमिताले एप्पलका कार्यकारीहरूसँग धेरै बैठकहरू गरेको र दुवै पक्षहरू एप्पल एयरट्याग ट्र्याकरहरूको लागि बटाम टापुमा स्थापित हुने निर्माण सुविधामा सहमत भएको बताइएको छ।

यस अघि एप्पलले इन्डोनेसियामा एक बिलियन अमेरिकी डलर लगानी गर्ने प्रतिबद्ध गरेको भए तापनि आईफोन १६ माथिको प्रतिबन्ध हटाउन इन्डोनेसियाली अधिकारीहरूको लागि अझै पर्याप्त नभएको उल्लेख गरिएको छ।

‘एप्पललाई आईफोन १६ को लागि बिक्री अनुमति दिनको लागि स्थानीय सामग्री प्रमाणीकरण जारी गर्ने मन्त्रालयको कुनै आधार छैन किनभने (सुविधा) सँग कुनै प्रत्यक्ष सम्बन्ध छैन’ उनले भने, ‘मन्त्रालयले फोनका कम्पोनेन्टहरू मात्र गणना गर्नेछ’।

इन्डोनेसियाली कानून अनुसार डोमेस्टिक कम्पोनेन्ट लेभल (टीकेडीएन) सर्टिफिकेसनको भागको रूपमा विदेशी कम्पनीहरूले स्थानीय रूपमा सञ्चालन गर्न ४० प्रतिशत स्थानीय सामग्री प्रदान गर्नु पर्ने आवश्यक रहेको उल्लेख गरिएको छ। त्यसै कारणले गर्दा आईफोन १६ माथि प्रतिबन्ध लगाइएको उल्लेख गरिएको छ।

कम्पनीहरूले स्थानीय रूपमा प्रोडक्टहरू उत्पादन गरेर, स्थानीय रूपमा सफ्टवेयर विकास गरेर वा आर एन्ड डी सेन्टर्स (अनुसन्धान र विकास केन्द्रहरू) स्थापना गरेर ती आवश्यकताहरू पूरा गर्न सक्ने बताइएको छ।

यस चलिरहेको मामलामा अर्को चरणको लागि एप्पलले इन्डोनेसियाको सरकारसँग वार्ता जारी राख्नुपर्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २६ पुष २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...