सामसङले यो वर्ष ट्राई–फोल्ड स्मार्टफोन सार्वजनिक गर्ने

Technology Khabar २६ पुष २०८१, शुक्रबार

काठमाडौं ।

गत वर्ष ह्वावेले एउटा “ट्राई–फोल्ड” स्मार्टफोन मेट एक्सटीको साथ संसारलाई चकित पारेको थियो। यद्यपि उक्त मेट एक्सटी तीन पटक नभई, दुई पटक मात्र फोल्ड हुने बताइएको छ। यसको परिचय देखि नै अर्को स्मार्टफोन निर्माता आफ्नै ट्राइ–फोल्ड डिभाइसको साथ कहिले आउँछ भन्ने बारेमा भने अन्योलता रहेको थियो।

कोरियाबाट बाहिरको नयाँ रिपोर्टले अब “२०२५ को उत्तरार्धमा” नयाँ ट्राई–फोल्ड डभाइस आउने सम्भावना देखिएको बताएको छ। यद्यपि यो लन्च भएपछि यो एकदम सीमित मात्रामा उपलब्ध हुने उल्लेख गरिएको छ। सटीक रूपमा भन्दा यो मात्र ३००,००० इकाइहरू भन्दा कम उपलब्ध हुनेछ।

यस्तो डिभाइसको लागि उत्पादनमा अत्यधिक जटिलता हुने कारणले यो सीमित मात्रामा उपलब्ध हुने उल्लेख गरिएको छ। यद्यपि यदि डिभाइस अत्यन्त सफल भएको खण्डमा भने सामसङले यसको उत्पादन क्षमता सुधार गर्ने तरिकाहरू फेला पार्ने कुरामा निश्चित हुन सकिने बताइएको छ।

सामसङ डिभाइसको स्क्रिन सामसङ डिस्प्लेद्वारा बनाइनेछ। यो कथित रूपमा ह्वावे मेट एक्सटीको तुलनामा फरक तरिकाले फोल्ड हुने उल्लेख छ। यो पूर्ण रूपमा फोल्ड हुँदा फोल्डिङ्ग स्क्रिन एक छेउमा एक्सपोज नहुने बाइएको छ। यसले स्थायित्व सुधार गर्ने लक्ष्य राखेको उल्लखे छ।

नयाँ फोल्डिङ मेकानिजमका कारण स्क्रिनको साइज फरक हुनेछ भने “बायाँ तर्फ अनफोल्ड गर्दा १०.५–इन्च र दायाँ तर्फ अनफोल्ड गर्दा १२.४–इन्च हुनेछ भनि उल्लखे गरिएको छ। डिभाइसमा अन्डर–डिस्प्ले क्यामरा भने हुनेछैन भनि जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २६ पुष २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया