७५ हजार भारतीय रुपैयाँको लागि एकैपटक ह्विस्कीको बोतल खतम गर्दा थाई सोसल मिडिया इन्फ्लुयन्सरको ज्यान गयो

  • Technology Khabar | १९ पुष २०८१, शुक्रबार
७५ हजार भारतीय रुपैयाँको लागि एकैपटक ह्विस्कीको बोतल खतम गर्दा थाई सोसल मिडिया इन्फ्लुयन्सरको ज्यान गयो

काठमाडौं ।

रक्सी पिउने चुनौतीमा भाग लिएपछि २१ वर्षीय थाई सोसल मिडिया
इन्फ्लुयन्सरको मृत्यु भएको बैंकक पोष्टले रिपोर्ट गरेको छ।

युवा सोसल मिडिया इन्फ्लुयन्सरलाई ३०,००० भाट (७५,००० भारतीय रुपैयाँ) मा एकै चोटिमा ३५० मिलीलीटर ह्विस्कीको पूरै बोतल पिउने चुनौतीका लागि नियुक्त गरिएको रिपोर्टले उल्लेख गरेको छ।

‘बैंक लेस्टर’ भनेर चिनिने थानकर्ण कान्थीलाई बिहीबार बिहान ३.४० बजे सोङपिनोङ अस्पतालमा मृत घोषणा गरिएको थियो।

मृत्युको प्रारम्भिक कारण विषाक्त मदिराका कारण हृदयघात भएको देखिन्छ भनि अस्पतालले उल्लेख गरेको छ। मिडिया रिपोर्टका अनुसार थानकर्णले घातक चुनौतीको अघिल्लो दिनदेखि मदिरा सेवन गरेका थिए।

साथै उनले पैसाको बदलामा छिटो रक्सी पिउने सशुल्क चुनौतीहरू स्वीकार गर्दै धेरै भिडियोहरूमा देखा परेका थिए।

एक भिडियोमा, थानाकर्ण पार्टीमा भीडको बीचमा सानो ह्विस्कीको बोतलबाटै छिटो र सीधै रक्सी पिइरहेको देखिएको बताइएको छ।

त्यसैगरी प्रहरीले मुद्दा दर्ता गरेको र थानकर्णसँग जोडिएको अनलाइन कन्टेन्ट क्रियटर्सहरू को खोजी गरिरहेको बताइएको छ।

“संदिग्ध बन्न सक्ने पाँच जना साक्षी मध्ये एक जनाले ‘थानकर्णले एउटा ३५० एमएलको बोतल खाएर सके, बान्ता गरे, त्यसपछि एकै चोटि दोस्रो बोतल पिए, जसको कारण उनको बाहिर होस गयो र पछि जयान गयो, यद्यपि लगातार भने होइन, भन्ने बताएको थाई एन्क्वायरर ले रपोर्ट गरेको छ।

कन्टेन्ट क्रियटर्सहरूका पुराना भिडियोहरूले स्टन्ट प्रदर्शन गर्न थानाकर्णलाई पैसा तिरेको देखाएको छ। केही भिडियोहरूमा कन्टेन्ट क्रियटर्सद्वारा शारीरिक आक्रमण, होच्याउने र अमानवीय व्यवहार गरेको देखिएको बताइएको छ। “यदि कसैले थानकर्णलाई मदिरा पिउनको लागि तिरेको पुष्टि भयो भने, उनीहरूलाई दण्ड संहिताको दफा २९१ अन्तर्गत लापरवाहीबाट मृत्यु निम्त्याउने अभियोग लाग्न सक्छ, जसमा १० वर्षसम्म कैद, २,००,००० भाटसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ” थाई एन्क्वायरर ले रपोर्ट गरेको छ।

थानकर्ण एक माला बिक्रेता भएको र खरीददारहरूलाई आकर्षित गर्न इम्प्रोभाइज्ड र्याप गीतहरू गाएर देखाउने गरेको उल्लेख गरिएको छ।

उनी दुई महिनाको हुँदा आमाबाबु अलग भएपछि उनलाई हजुरआमाले बैंककको बस्तीमा हुर्काउएको बताइएको छ।

सात वर्षको उमेरमा, थानकर्णले आफ्नो र हजुरआमाको लागि कमाउनको लागि राम इन्ट्रा रोडको लियाब दुआन फ्ली मार्केटमा माला बेच्न थालेको उल्लेख गरिएको छ।

प्रकाशित: १९ पुष २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार