भियतनामी ईभी कम्पनी भिनफास्ट चाँडै भारतको ईभी बजारमा प्रवेश गर्न सक्ने

  • Technology Khabar | १८ पुष २०८१, बिहीबार
भियतनामी ईभी कम्पनी भिनफास्ट चाँडै भारतको ईभी बजारमा प्रवेश गर्न सक्ने

काठमाडौं ।

भियतनामको विद्युतीय सवारी साधन कम्पनी भिनफास्टले विश्वको तेस्रो ठूलो अटो बजार भारतमा चाँडै नै व्यापार सुरु गर्न सक्ने बताईएको छ।

एक मिडिया रिपोर्टका अनुसार यसले जनवरीमा हुने भारत मोबिलिटी ग्लोबल एक्सपोमा भारतीय बजारको लागि आफ्नो पहिलो ईभी प्रदर्शन गर्न सक्छ।

भिनफास्टको पोर्टफोलियोमा भीएफ ई३४ र भीएफ७ एसयूभी जस्ता मोडेलहरू समावेश छन्। यसअघि कम्पनीका केही मोडलको परीक्षण देखिएको थियो। यसले यस वर्षको दोस्रो अर्ध वार्षिकमा आफ्नो व्यवसाय सुरु गर्न सक्छ।

चीनको बीवाईडी पछि भारतीय बजारमा प्रवेश गर्ने यो दोस्रो पूर्ण ईभी कम्पनी हुनेछ। भिनफास्टको पहिलो उत्पादन भिएफ ई३४ हुन सक्छ। यसले देशको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीको आगामी ईभिटारा र हुन्डाईको क्रेटा इलेक्ट्रिकसँग प्रतिस्पर्धा गर्ने रिपोर्टमा उल्लेख छ।

भिनफास्टले गत वर्षको फेब्रुअरीमा तमिलनाडुमा आफ्नो प्लान्टको निर्माण सुरु गरेको थियो। यस कारखानामा उत्पादित ईभी स्वदेशमै बिक्री गरी भारत बाहिर निकासी पनि गरिने बताईएको छ। यस प्लान्टको वार्षिक क्षमता करिब १.५ लाख युनिट हुनेछ।

टेस्ला जस्तै भिनफास्टले पनि भारतमा ईभीमा आयात शुल्क घटाउन माग गरेको थियो।

प्रकाशित: १८ पुष २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार