ह्वावेले आफ्ना उच्च-स्तरीय उपकरणहरूको मूल्य घटायो

  • Technology Khabar | १५ पुष २०८१, सोमबार
ह्वावेले आफ्ना उच्च-स्तरीय उपकरणहरूको मूल्य घटायो

काठमाडौं ।

चिनियाँ टेक्नोलोजी जायन्ट ह्वावेले मोबाइल फोन सहितका आफ्ना विभिन्न उच्च-स्तरीय (हाइ एण्ड) उपकरणहरूको मूल्य अधिकतम ३ हजार युआन (४११ डलर) सम्म घटाएको छ। यो घोषणा आइतबार ह्वावेको आधिकारिक वेबो सामाजिक सञ्जाल खाताबाट गरिएको रोयटर्सले उल्लेख गरेको छ।

जेडी डटकममा शनिबार साँझदेखि आइतबार मध्यरातसम्म चलेको “सुपर ब्राण्ड डे ” प्रमोशन अन्तर्गत ह्वावेले आफ्नो स्मार्टफोन, हेडफोन, घडी र ट्याब्लेटहरूमा छुट उपलब्ध गराएको पोस्टमा उल्लेख छ।

प्रकाशित: १५ पुष २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार