ग्लोबल रोलआउटसँगै शाओमी १४ ले प्राप्त गर्यो हाइपरओएस २

  • Technology Khabar | १३ मंसिर २०८१, बिहीबार
ग्लोबल रोलआउटसँगै शाओमी १४ ले प्राप्त गर्यो हाइपरओएस २

काठमाडौं ।

शाओमीले हाइपरओएस २ रोलआउटको लागि दुई हप्ता अघि आधिकारिक तालिका प्रकाशित गरेको थियो र जसमा यस महिनाको सुरुमा अपडेटको लागि तयार एक दर्जन भन्दा बढी मोडेलहरू समावेश गरिएको उल्लेख छ।

कम्पनीले आफ्नो वाचा राख्दै शाओमी १४ को लागि हाइपरओएस २ लाई डिभाइसहरुमा पठाएको छ। प्याकेजको साइज (आकार) ६.३ जीबी र भर्सन नम्बर ओएस२.०.४.०.भीएनसीएमआईएक्सएम रहेको छ। साथै यो भेनिला फ्ल्यागशिपका सबै अन्तर्राष्ट्रिय प्रयोगकर्ताहरूको लागि उपलब्ध हुनुपर्छ भनि जीएसएमएरिनाले उल्लेख गरेको छ।

एन्ड्रोइड १५ मा आधारित हाइपरओएस २.० ले २०२४ को ट्रेण्ड (प्रवृति) अनुरूप धेरै एआई–सञ्चालित सुविधाहरू ल्याएको उल्लेख गरिएको छ। त्यसैगरी यसमा नयाँ गतिशील वालपेपर, नयाँ डेस्कटप लेआउट,लेखन र अनुवादका उपकरणहरूका साथै सुधारिएको क्रस–डिभाइस फङ्गसनालिटि समावेश रहेका छन्।

प्रकाशित: १३ मंसिर २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...