इन्टाग्रामले लन्च गर्यो नयाँ वेब पोर्टल, बालबालिकाको इन्टरनेट सुरक्षा बारे जानकारी दिने

  • Technology Khabar | २४ भाद्र २०७५, आईतवार
इन्टाग्रामले लन्च गर्यो नयाँ वेब पोर्टल, बालबालिकाको इन्टरनेट सुरक्षा बारे जानकारी दिने

काठमाडौं ।

काठमाडौं । बच्चाहरुलाई सोशल मिडियाको बढ्दो तलबाट छुटाउनका लागि इन्स्टाग्रामले नयाँ वेबसाइट लन्च गरेको छ ।

पछिल्लो दिनहरुमा बालबालिकाहरुमा पनि सोशल मिडियाको लत बढिरहेको छ । यस्तोमा अभिभावकहरुका लागि हरेक क्षण उनिहरुलाई निगरानी गर्नु असंभव जस्तै हो । कयौं अभिभावकहरु यो विषयमा चिन्तित छन् । यहि विषयलाई ध्यानमा राखेर फोटो तथा वीडियो शेयरिंग प्लेटफर्म इन्टाग्रामले वेल बिईंग (Well Being) नामक वेबसाइट लन्च गरेको हो ।

यो वेबसाइट (https://wellbeing.instagram.com/parents) अभिभावकहरुलाई इन्टाग्रामको बेसिक परिचय दिन्छ भने उनीहरुलाई बालबालिकाहरुको सुरक्षाको प्रति शिक्षित समेत बनाउनेछ । यो वेबसाइट बालबालिकाहरु र अभिभावकहरु दुबैका लागि सुरक्षाको बारेमा सचेत गर्नेछ । इन्टाग्राम एप बच्चादेखि युवाहरुका बिच निकै लोकप्रिय रहेको छ र यसमा मानिसहरु निकै सक्रिय हुने गर्दछन् ।

प्रकाशित: २४ भाद्र २०७५, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...