कुन देशसँग छ ह्याकरको सबैभन्दा ठूलो सेना ?

  • Technology Khabar | २४ भाद्र २०७५, आईतवार
कुन देशसँग छ ह्याकरको सबैभन्दा ठूलो सेना ?

काठमाडौं ।

काठमाडौं । यो वर्ष अगस्ट महिनामा हरेक वर्ष जस्तै अमेरिकाको लस भेगासमा एउटा विशेष मेला लाग्यो । यो ह्याकरहरुको मेला थियो । जसमा साइबर एक्सपर्टदेखि बच्चासम्म हरेक उमेरका मानिसहरु अफ्नो ह्याकिङका कला देखाइरहेका थिए ।

लसभेगासमा हरेक वर्ष ह्याकर्स जम्मा हुने गर्छन् । यी ह्याकर्सको क्षमता हेरेर अमेरिकाका साइबर एकस्पर्टहरु यो सोच्ने गर्छन् कि ह्याकर्सको दिमागले कसरी काम गर्छ ।

जुन समय ह्याकर्सको यो मेला लस भेगासमा चलिरहेको थियो त्यही बेला ह्याकर्सले भारतको एउटा बैंकमा साइबर आक्रमण गरेर करिब ३ करोड डलर उडाएका थिए । विश्वमा हरेक समय सरकारी वेबसाइटदेखि ठूला, निजी कम्पनी र सर्वसाधारणमा साइबर आक्रमण हुने गर्छ ।

आखिर कसरी चल्छ ह्याकिङको यो साम्राज्य ?

बीबीसीको रेडियो सिरीज द इन्क्वायरीमा हेलोना मेरिम्यानले यो पटक यही प्रश्नको उत्तर दिने कोशिस गरेकी थिइन् । उनले साइबर एक्सपर्टसको सहयोगमा ह्याकर्सको डरलाग्दो र रहश्यमय संसारमा हेर्ने कोशिस गरेकी थिइन् ।

सन् १९९० को दशकमा सोभियत संघको विघटन पछि रुसमा यस्ता धेरै एक्स्पर्ट बेरोजगार भएका थिए ।

यी सबै इलेक्ट्रोनिक्स इन्जिनियर तथा गणितज्ञ थिए । कमाइ गर्नका लागि यी बेरोजगारहरुले इन्टरनेटको दुनिया खोताल्न थाले । त्यस बेला साइबर सेक्यूरिटीलाई लिएर खासै सुरक्षाका केही कुरा थिएनन्, न त जानकारी नै थियो ।

ती रुसी एक्सपर्टहरुले ह्याकिङको संसार सुरुवात गरे । ती रुसी ह्याकर्सले बैंक, वित्तीय संस्था, अन्य देशका सरकारी वेभसाइटलाई आफ्नो सिकार बनाउन सुरु गरे । आफ्नो सफलताको कथा यिनीहरु पत्रपत्रिकालाई बताउने गर्थे पनि ।

रुसका खोज पत्रकार अन्द्रेई सोश्निकफ बताउछन् कि त्यस बेला ह्याकर्सहरु आफूलाई हिरो मान्ने गर्थे । त्यस बेला ह्याकर्स नामक एउटा पत्रिका पनि छापिने गरेको थियो ।

अन्द्रेई भन्छन् ‘त्यस बेला ठूला हयाकर्सहरुको सम्बन्ध ह्याकर पत्रिकासँग हुने गर्थ्यो, रुसको जासुरी संस्था एफएसबीलाई यी ह्याकर्सहरुको बारेमा थाहा थियो ।’

तर अचम्मको कुरा के थियो भने रुसको सरकार यी ह्याकर्सको कामबाट रिसाउनुको साटो ह्याकर्सबाट उल्टै फाइदा लिन खोज्थ्यो ।

रुसी पत्रकार अन्द्रेई भन्छन् ‘एफएसबीका प्रमुखसँग धेरै रुसी ह्याकर्सका बारेमा ब्यक्तिगत जानकारी थियो ।’

सन् २००७ सालमा रुसी ह्याकर्सले छिमेकी देश एस्टोनियामा ठूलो साइबर आक्रमण गरे । यी ह्याकर्सले एस्टोनियाको सयौं वेभसाइटहरु ह्याक गरे । उनीहरुले यो काम रसियन सरकारको आदेशमा गरेका थिए ।

अर्को वर्ष रुसी ह्याकर्सले अर्को छिमेकी देश जर्जियाका धेरै सरकारी वेभसाइटहरु साइबर आक्रमणबाट विनाश गरे ।

रुसका सरकारी ह्याकर्स

रुसी पत्रकार अन्द्रेईका अनुसार २००८ सालमा जर्जियामा भएको साइबर आक्रमण रुसका सरकारी ह्याकर्सले गरेका थिए । ती सबै रुसका जासुसी एजेन्सीका कर्मचारीहरु थिए ।

रुस सरकारले सोच्यो कि फ्रीलान्सर ह्याकर्समा पुरै विश्वास गर्नु हुन्न । त्योभन्दा राम्रो उसले आफै ह्याकर्स आर्मी बनाउन थाल्यो । रुसी ह्याकर्सको यही साइबर सेनाले जर्जियामा २००८ सालमा आक्रमण गरेका थिए ।

अहिलेको समयमा रुससँग सबैभन्दा ठूलो र बलियो साइबर सेना छ । रुसी ह्याकर्स माथि आरोप छ कि उनीहरुले अमेरिकी राष्ट्रपति चुनावमा घुसपैठ गरेका थिए । उनीहरुले ह्वाइट हाउसमा साइबर आक्रमण गरे । नाटो र पश्चिमी देशहरुका नेटवर्कहरु पनि रुसी ह्याकर्सको लक्ष्यमा रहेको छ ।

रुसबाट भएको साइबर आक्रमणमा एउटा खास ग्रुपको नाम धेरै आउने गरेको छ । त्यसको नाम हो फेनसी बियर । भन्ने गरिन्छ कि ह्याकर्सको यो ग्रुपलाई रुसको मिलिट्री इन्टेलिजेन्सले चलाउने गरेको छ । ह्याकर्सको यो ग्रुपले अमेरिकाको राष्ट्रपति चुनावमा घुसपैठ गरेको आरोप छ ।

रुसी पत्रकारी शोश्निकफ भन्छन्, ‘यो आक्रमणबाट रुस विश्वलाई आफु साइबर संसारको राजा भएको देखाउन चाहन्छ ।’

तर ह्याकर्सको यो खेलमा रुस मात्र एक देश भने पकै हैन ।

ईरानसँग पनि छ ह्याकर्स सेना

रुसबाहेक ईरानसँग पनि ह्याकर्सको सेना रहेको छ ।

ईरान पनि ह्याकिङको दुनियामा ठूलो खेलाडि हो । ईरानले सन् १९९० को दशकमा इन्टरनेट आउने बित्तिकै आफना देशका मानिसहरलाई साइबर हमलाको लागि तयार गर्न शुरु गरेको थियो

ईरानजस्ता देशमा सोसल मिडिया सरकारका विरुद्ध आवाज उठाउने ससक्त प्लाटफर्मको रुपमा रहने गरेका छन् । आफ्नो विरुद्ध बोल्नेहरुको मुख बन्द गर्नका लागि सरकारले नै ह्याकरहरुको प्रयोग गरी सोसल मिडिया प्रयोगकर्तामाथि समेत आक्रमण गर्दछ ।

सन् २००९ मा जब ईरानमा सरकार विरोधी प्रदर्शन तिव्र बनिरहेको थियो । त्यसबेला सरकारी ह्याकरहरुले धेरै सोसल मिडिया अकाउन्ट ह्याक गरी आन्दोलनको पछाडि को को मानिस छन् भन्ने कुरा पत्ता लगाउन सफल भए । ती मानिसहरु पत्ता लागेपछि त्यसबाट धेरै मानिसहरुलाई पक्राउ गरी सरकारले आन्दोलन निस्तेज पार्न सफल भयो ।

ईरानसँग रुसको जस्तो शक्तिशाली साइबर सेना त छैन तर यो ट्वीटर जस्ता सोशल मिडियालाई हैरान पार्नसक्ने क्षमता राख्दछ । जानकारहरुका अनुसार ईरानको साइबर सेनालाई त्यहाँको चर्चित रिभोल्यूशनरी गार्ड्सले संचालन गर्दछन् ।

ईरानमा विश्वका एक से एक उत्कृष्ट इन्जिनियर तथा वैज्ञानिक तयार हुने गर्दछन् । तर सबैभन्दा मूख्य समस्या भनेको तिनीहरु पढाईसकेपछि अमेरिका या अन्य पश्चिमी मुलुक पलायन हुन्छन् । अमेरिकी थिंक ट्यांक कार्नेगी एण्डोमेन्टका लागि कामगर्ने करीमकाअनुसार ईरान तेश्रो श्रेणीको साइबर हमलाकारी देश हो । अमेरिका, रुस, चीन तथा इजरायल साइबर हमलाको क्षमताका आधारमा पहिलो श्रेणीका शक्तिहरु हुन् । युरोपेली देशका साइबर सेना दोश्रो नम्बरमा आउँछन् ।

ईरान अक्सर साइबर हमलाको निशानामा रहेको हुन्छ । विशेषगरि अमेरिका तथा इजरालयद्धारा । सन् २०१२ मा ईरानको तेल उद्योगमा भएको साइबर हमलाहरुमा उसले सिस्टमको हार्ड ड्राइभबाट डेटा उडाएको थियो ।

ईरानले यही हमलाबाट पाठ सिकेर तीन महिनापछि आफ्नो शत्रु देश साउदी अरबमा ठूलो साइबर आक्रमण गर्यो । सो हमलामा ईरानको ह्याकर्सले साउदी अरबको तीस हजार कम्यूटरहरुको डेटा उडाएका थिए ।

जहाँ साइबर ह्याकिङ पुरै सरकारी ?

यस्तै उत्तर कोरियाले आफ्नो देशमा भएको साइबर ह्याकर्सलाई पुरै सरकारी कर्मचारी बनाएको छ ।

उत्तर कोरियामा ह्याकर्सलाई सेनालाई त्यहाको गुप्तचर एजेन्सी आरजीबीले संचालन गर्दछ ।

उत्तर कोरियामा १३र१४ वर्षको उमेर देखि नै बच्चाहरुलाई ह्याकिङको तालिम दिने गरिन्छ । स्कूलमानै प्रतिभाशाली बच्चाहरु छानेर उनीहरुलाई अग्रज ह्याकर्स बनाउने गरिन्छ ।

गणित तथा इन्जिनियरिंगमा तिक्ष्ण विद्यार्थीहरुलाई सफ्टवेयर इन्जिनियरिंगको तालिम दिईन्छ र त्यसपछि त्यो कि ह्याकर बन्द या सफ्टवेयर इन्जिनियर ।

उत्तर कोरिया आफ्ना धेरै विद्यार्थीहरुलाई चीनसहित अन्य एशियाई मुलुकहरुमा आईटी अध्ययन गर्न पठाउने गर्दछ, जसले साइबर विश्वलाई राम्रोसँग सम्झिनसकियो र देशका लागि काम गरोस् ।

उत्तर कोरियाली ह्याकर्स आफ्नो देशको लागी रकम कमाउनका लागि ८० हजारदेखि १ लाख डलर लिएर फ्रीलान्स ह्याकिंग गर्ने गर्दछन् ।
जानकारहरुका अनुसार करिब २ देखि ३ हजार उत्तर कोरियाली ह्याकर फ्रीलान्सको काम गर्दछन् । उनका निशानामा क्रेडिट कार्ड, बैंकका खाता हुने गर्दछ ।

माध्यम

प्रकाशित: २४ भाद्र २०७५, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...