
काठमाडौं ।
काठमाडौं । नेपालको पहिलो खेल सम्बन्धि च्यानल एक्सन स्पोर्ट्स एचडिले हाल भईरहेको साफ सुजुकीकप २०१८ लाई पनि प्रत्यक्ष प्रशारण गरिरहेको जानकारी दिएको छ ।
दक्षिण एशियाका ७ राष्ट्रहरु सहभागी यो प्रतियोगिता भदौ १९ देखि शुरु भई भदौ ३० सम्म चल्ने छ । नेपालीले खेल्छ, नेपालीले हेर्छ भन्ने नारा सहित कम्पनीले प्रतियोगिताका सबै खेलहरु एक्शन स्पोर्ट्स च्यानल नम्बर १०५ र ९९१ मा एच डि पिक्चर क्वालिटिमा हेर्न सकिने जानकारी दिएको छ ।
भविष्यमा पनि नेपाल भित्रका र नेपाल बाहिर हुने खेलहरुलाई प्रत्यक्षप्रशारण गरिने कम्पनीले उल्लेख गरेको छ ।
प्रकाशित: २४ भाद्र २०७५, आईतवार