Technology Khabar १ मंसिर २०८१, शनिबार
काठमाडौं ।
नेपालमा विद्युतीय सवारी साधनको पूर्वाधार विस्तार गर्ने महत्वपूर्ण कदममा शारदा ग्रुप र गोल्छा अर्गनाइजेसनले को बृहत् सञ्जाल विकास गर्न सहकार्य गर्न औपचारिक रूपमा एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।
नेपालमा विद्युतीय सवारी साधनको पूर्वाधार विस्तार गर्ने एउटा महत्वपूर्ण कदमको रूपमा, यो साझेदारीले इभि प्रयोगकर्ताहरूका लागि सुविधाजनक चार्जिङ स्टेसन उपलब्ध गराउने र राष्ट्रव्यापी रूपमा वातानुकुलित र दिगो (सस्टेनेबल) यातायात प्रविधिलाई प्रबर्द्धन गर्ने लक्ष्य राखेको छ। यस साझेदारीले १ वर्ष भित्रमा, देशभरका १०० स्थानहरूमा फास्ट-चार्जर स्थापना गर्ने योजना राखेको छ।
हाल देशभर १६ भन्दा बढी फास्ट-चार्जिङ नेटवर्क सञ्चालनमा रहेका छन्। हाल पोखरा–३ स्थान, काठमाडौं–३ स्थान, नारायणघाट–३ स्थान, नेपालगन्ज, बुटवल, विराटनगर–२ स्थान, वीरगन्ज, बिर्तामोड, बर्दिवास लगायतका स्थानमा विद्यमान चार्जिङ पूर्वाधार रहेको जानकारी दिईएको छ।
शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीचको यो संयुक्त पहलले देशका मुख्य राजमार्ग तथा स्थानहरूमा चार्जिङ स्टेसन स्थापना गर्नमा ध्यान केन्द्रित गर्नेछ जसले अन्तत: इभी प्रयोगकर्ताहरूलाई निर्धक्क रूपमा देशभर यात्रा गर्न सजिलो बनाउँछ। यो सम्झौतासँगै ग्राहकलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले एक वर्षभित्र देशभर १०० ओटा डिसी फास्ट चार्जर स्थापना गर्ने साझेदारी योजना रहेको छ।
शारदा ग्रुप निसान, ओमोडा र जाइको तथा जीकर गाडीको आधिकारिक वितरक हो भने गोल्छा अर्गनाइजेसन नेपालका लागि लिपमोटर, सिट्रोन, प्युजियो र काइको आधिकारिक वितरक हो।
साझेदारीले शारदा समूह र गोल्छा अर्गनाइजेसनसँग सम्बद्ध सबै ब्रान्डका ग्राहकहरूलाई पहुँच प्रदान गर्दछ। डिसी फास्ट चार्जरको परम्परागत लाभ राष्ट्रव्यापी रूपमा सबै ग्राहकहरूले प्रयोग गर्न सक्ने कम्पनीले जनाएका छन्।
प्रकाशित: १ मंसिर २०८१, शनिबार