एप्पलको सुपथ मूल्यको भिजन प्रो २०२७ अघि नआउने

Technology Khabar २१ कार्तिक २०८१, बुधबार

काठमाडौं ।

३ हजार ५ सय डलर मूल्य र सीमित बजार उपलब्धताका कारण एप्पल भिजन प्रोले ठूलो व्यावसायिक सफलता हासिल गर्न सकेन। यसैलाई मध्यनजर गर्दै एप्पलले अर्को वर्ष नयाँ एप्पल एम५ चिपसहित यसको उत्तराधिकारी उपकरण ल्याउने अपेक्षा गरिएको छ। तर त्यस उपकरणको मूल्य कम हुने सम्भावना भने नभएको जीएसएमएरिनामा उल्लेख छ।

प्रसिद्ध एप्पल विश्लेषक मिङ चि कुओका अनुसार कम मूल्यको भिजन प्रो उपकरण अझै विकासको क्रममा रहेको छ तर यसको उत्पादन र प्रक्षेपण सन् २०२७ भन्दा पछि धकेलिएको छ।

कुओले अर्को वर्ष एम५ चिपसहितको भिजन प्रो अपडेट गरिने कुरा पनि दोहोर्‍याएका छन्। उनका विचारमा एम५ भिजन प्रो ले धेरै प्रयोगकर्ताहरूलाई आकर्षित गर्न सक्दैन किनभने यो अझै सीमित प्रयोगका साथ एक विशेष उत्पादको रूपमा हेरिएको छ। कुओले होमपड लाइनअपसँग समानता देखाएका छन् जहाँ सस्तो होमपड मिनी ले लोकप्रियता पाउन सकेन। यस्तो प्रवृत्ति सस्तो भिजन प्रो हेडसेटसँग पनि हुन सक्ने विश्वास उनी गर्छन्।

प्रकाशित: २१ कार्तिक २०८१, बुधबार

तपाइको प्रतिक्रिया