अनरले म्याजिकओएस ९.० अपरेटिङ सिस्टम अनावरण गर्यो, एन्ड्रोइड १५ सँग भिड्ने

  • Technology Khabar | १० कार्तिक २०८१, शनिबार
अनरले म्याजिकओएस ९.० अपरेटिङ सिस्टम अनावरण गर्यो, एन्ड्रोइड १५ सँग भिड्ने

काठमाडौं ।

अनरले आफ्नो नयाँ अपरेटिङ सिस्टम म्याजिकओएस ९.० अनावरण चीनमा गरेको छ। साथै एक हप्ता पछि कम्पनीले आफ्नो म्याजिक ७ फ्ल्यागशिप सिरिजको घोषणा गर्दैछ।

कम्पनीले यसलाई विश्वको पहिलो अल–सिनारियो पर्सनलाइज्ड एआई अपरेटिङ सिस्टम भनेको छ भने यसमा योयो भ्वाइस एसिस्टेन्ट वा एआई एजेन्टको गहिरो एकीकरण गरिएको उल्लेख गरेको छ।

एन्ड्रोइड १५–आधारित म्याजिकओएस ९.० ले अनरको स्वामित्वको ल्याङ्गवेज मोडेल म्याजिक एलएम प्रयोग गरी धेरै एप्लिकेसनहरूमा काम गर्नेछ। साथै यसले न्याचुरल ल्याङ्गवेज (प्राकृतिक भाषा) र कम्प्युटर भिजन बुझ्नेछ भने यो तपाइँको बानीहरूबाट सिक्ने र सन्दर्भको बारेमा सचेत रहने कम्पनीले दावी गरेको छ।

त्यसैगरी इन–एप अपरेशनले यसलाई मानव सहायक जस्तै प्रयोगकर्ताको लागि कफी अर्डर गर्न दिने उल्लेख गरिएको छ। यसले आफैँ खरिद गर्नेछ भने सिङ्गल प्रम्प्टको साथ भुक्तानी प्रमाणित गर्नेछ।

नयाँ ३बी प्यारामिटर मोडेलमा अघिल्लो ७बी अन–डिभाइस मोडेलको भन्दा कम प्यारामिटरहरू रहेको भएतापनि यहाँ म्याजिकएलएमले ८० प्रतिशत कम पावर खपत, ७७ प्रतिशत छिटो लोडिङ गति र ५०० प्रतिशत छिटो वर्ड आउटपुट गति ल्याउने उल्लेख गरिएको छ। यी सबैको अर्थ १.८ जीबी भण्डारण र १.६ जीबी र्याम खपत घटाउनु हो।

म्याजिकओएस ९.० उद्योगको पहिलो एआई डीपफेक डिटेकसन फिचरसँग आएको र यसले स्क्याम्स (घोटाला) का साथै प्रयोगकर्ताहरूलाई सुरक्षित राख्ने कम्पनीको दाबी छ।

डिजाइन अनुसार, ओएसले नयाँ फिचर्स (सुविधाहरू) जस्तै भर्सटायल डेस्कटप, म्याजिक लक स्क्रिन र म्याजिक स्टायल ल्याएको छ भने यी टुल्सहरूले प्रयोगकर्ताहरूको अनुभवलाई पूर्णरूपमा कस्टमाइज गर्न दिनेछ। त्यसैगरी यसमा एआई ग्यालेरी, एआई इरेजर, फेस रिस्टोरेसन र एआई इमेज एक्सपेन्सन पनि रहेको उल्लेख गरिएको छ।

अनरले तीन दर्जन डिभाइसहरूले रोलआउट टाइमलाइनको साथ नयाँ अपडेट प्राप्त गर्ने पहिले नै पुष्टि गरिसकेको छ। यद्यपि, यो चिनियाँ बजारको लागि हुने भएकाले अन्तर्राष्ट्रिय युनिटहरूले भने त्यो भन्दा अझै लामो समय पर्खनुपर्नेछ।

म्याजिकओएस ९.० सन् २०२५ को पहिलो महिनामा विश्वव्यापी रूपमा म्याजिक७ फोनहरूको अन्तर्राष्ट्रिय लन्चसँगै आउने आशा गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: १० कार्तिक २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

गुगल पिक्सेल १०ए का थप रेन्डरहरू लीक

  • Technology Khabar
  • १० कार्तिक २०८१, शनिबार