अटो टेक

फोर्डद्वारा ईभी मालिकहरूलाई निःशुल्क टेस्ला सुपरचार्जर एडाप्टरहरूको प्रयोग बन्द गर्न आग्रह

फोर्डद्वारा ईभी मालिकहरूलाई निःशुल्क टेस्ला सुपरचार्जर एडाप्टरहरूको प्रयोग बन्द गर्न आग्रह
Global IME Bank

आफ्ना ग्राहकहरूलाई टेस्लाका सुपरचार्जरहरूका लागि निःशुल्क एनएसीएस एडाप्टरहरू प्रदान गरेपछि फोर्डले आफ्ना ग्राहकहरूलाई तिनीहरूको प्रयोग गर्न बन्द गर्न आग्रह गरिरहेको छ।

यो जानकारी इनसाइडईभीजले सभिर्स बुलेटिनलाई उद्धृत गर्दै उल्लेख गरेको छ। यसले गर्दा “सम्भावित समस्या” निम्तने र समयसँगै चार्जिङको गति घटाउन सक्नुका साथै चार्जिङ पोर्टमा क्षति पनि निम्त्याउन सक्ने कम्पनीले लेखेको थप उद्धृत गरिएको छ।

कम्पनीले “आउँदो हप्ताहरूमा” रिप्लेसमेन्ट एडाप्टर पठाउनेछ भने ग्राहकहरूले विद्यमान एडाप्टर फिर्ता पठाउनु पर्नेछ। साथै यसको लागि ग्राहकहरूलाई कुनै रकम नलाग्ने इनग्याजेटले उल्लेख गरेको छ। “सम्भावित सवारी क्षतिको जोखिम कम गर्न प्रभावित सबै एडेप्टरहरू प्राप्त गर्नुपर्ने अत्यावश्यक रहेको” थप उल्लेख गरिएको छ।

सन् २०२३ को मे महिनामा टेस्लासँग ईभी–चार्जिङ सम्झौतामा हस्ताक्षर गरेपछि क्यानडा र अमेरिकाका फोर्ड ईभी मालिकहरूले यस वर्षको सुरुवातमा सुपरचार्जरहरू प्रयोग गर्न अनुमति पाएका थिए।

साथै निः शुल्क एडाप्टरको लागि मूल समय सीमा सन् २०२४ को जुन महिना थियो भने आपूर्तिकर्ता समस्याहरूको कारण धेरै ढिलाइ भएपछि म्याद सेप्टेम्बर ३० सम्मका लागि विस्तार गरिएको भए तापनि यो पछिल्लो समस्याको कारण थप स्थगित हुन सक्नेछ।

एडेप्टरहरूले फोर्ड ईभीहरूमा प्रयोग हुने उत्तर अमेरिकी स्ट्याण्डर्ड सीसीएस पोर्टहरूलाई टेस्लाको स्वामित्वको एनएसीएस केबलहरूमा रूपान्तरण गर्दछ। साथै टेस्लासँग सम्झौताहरू कटौति गरेका अन्य कम्पनीहरू (निसान, रिभियन, जीएम, सुबरु र अन्य धेरै) हरुले पनि समान एडेप्टरहरू प्रदान गरेको, र धेरैले स्थायी रूपमा भविष्यका सवारीहरूको लागि एनएसीएस स्ट्याण्डर्ड अपनाउनेछन्। फोर्ड आफैंले सन् २०२५ मा स्विच गर्ने योजना बनाएको छ।

पछिल्लो भी४ सुपरचार्जरहरू २५० किलोवाट र ६१५ ए मा मूल्याङ्कन गरिएका छन् जुन धेरै घरहरूलाई शक्ति दिन पर्याप्त रहेका हुनाले एनएसीएस एडाप्टर सिर्जना गर्नु भनेको पिनहरू वरिपरि परिवर्तन गर्ने कुरा मात्र नभएको उल्लेख गरिएको छ।

यस वर्षको सुरुमा यसले “दुर्भाग्यपूर्ण” चोटपटक निम्त्याउन सक्ने भन्दै टेस्लाले सस्तो एनएसीएस एडाप्टरको आपूर्तिकर्तालाई मुद्दा हालेको थियो।

Sajilo Visa
easy care