ताजा समाचार

शेन्झाउ–१९ क्रू स्पेसक्राफ्ट प्रक्षेपण गर्ने तयारीमा चीन

शेन्झाउ–१९ क्रू स्पेसक्राफ्ट प्रक्षेपण गर्ने तयारीमा चीन
फाइल तस्बिर
Global IME Bank

चीन मानवयुक्त अन्तरिक्ष एजेन्सी (सिएमएसए) ले शेन्झाउ–१९ क्रु अन्तरिक्ष यान र लङ मार्च–२ एफ क्यारियर रकेटको संयोजन प्रक्षेपण क्षेत्रमा सारिएको बताएको छ।

सिएमएसएका अनुसार प्रक्षेपण स्थलमा सुविधा र उपकरणहरू राम्रो अवस्थामा छन्।

यहाँ विभिन्न पूर्व प्रक्षेपण समारोह जाँच र संयुक्त परीक्षण योजना अनुसार गरिनेछ।

निकट भविष्यमा उपयुक्त समयमा स्पेससिप प्रक्षेपण गरिने सिएमएसएले जनाइएको छ। रासस/सिन्ह्वा

Sajilo Visa
easy care