काठमाडौं ।
काठमाडौं । भीभोले नयाँ स्मार्टफोन एक्स २३ (Vivo X23) सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले यो स्मार्टफोनलाई हाईइण्ड फोनको रुपमा ल्याउन लागेको हो । यो स्मार्टफोनमा कम्पनीले ६.४ इन्चको फुल स्क्रीन डिस्प्ले हुनेछ भने फोनमा अपग्रेडेड भर्सनको इनडिस्प्ले फिंगरप्रिन्ट स्क्यानर हुनेछ ।
भीभोको नयाँ फोनको बारेमा हालै वेबोमा नयाँ फोटो आएको छ जसमा फोनको डिस्प्लेमा भी डिजाइनको नोच देख्न सकिन्छ ।
भीभोको एक्स २३ स्मार्टफोनमा १० जीबीको र्याम हुने रिपोर्टहरुमा उल्लेख गरिएको छ । या फोन स्न्यापड्रागन ६७० प्रोसेसरका साथमा आउने अपेक्षा गरिएको छ भने थ्रीएक्स टेलीफोटो लेन्ससहितको फोनमा ड्यूल रियर क्यामरा हुन सक्नेछ । त्यस्तै यसमा थ्रीडी फेसियल रिकोग्निसन हुनेछ भने फास्ट चार्जिंगको सुविधा पनि हुनेछ।
भीभो एक्स२३ अगस्त २० आउने बताईएको छ ।
प्रकाशित: ३१ श्रावण २०७५, बिहीबार