चीनले शेन्झाउ-१९ नामक नयाँ चालक दलसहितको अन्तरिक्ष प्रक्षेपण गर्ने

  • Technology Khabar | १९ आश्विन २०८१, शनिबार
चीनले शेन्झाउ-१९ नामक नयाँ चालक दलसहितको अन्तरिक्ष प्रक्षेपण गर्ने

काठमाडौं ।

चीनले अक्टोबरको अन्त्यमा शेन्झाउ–१९ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने र शेन्झाउ–१८ लाई पृथ्वीमा स्वागत गर्ने कार्यक्रम रहेको चिनियाँ अन्तरिक्ष विभागले जनाएको छ।

यस हप्ता जारी गरिएको विभागको अक्टोबर मिशन योजनाअनुसार, चीनको परिक्रमा गर्ने टियाङगोङ अन्तरिक्ष स्टेशनमा चढेका शेन्झाउ–१८ चालक दलले यसै महिना अन्तरिक्षमा आफ्नो छ महिना अभियान पूरा गरी पृथ्वीमा फर्किनेछन्।

शेन्झाउ–१८ चालक दलमा तीन पुरुष रहेका छन्। चालक दललाई अप्रिल २५ मा अन्तरिक्षमा पठाइएको थियो।

शेन्झाउ–१८ दल नियमित र व्यवस्थित कार्य–जीवन सन्तुलन कायम राख्न प्रयासरत छन् । यद्यपि, उनीहरूको समय प्रायः वैज्ञानिक प्रयोग, डाटा सङ्कलन र नयाँ टोलीको आगमनको लागि तयारी र हस्तान्तरण कार्य सहितको भारी कार्यभारले ओगटेको छ। सिन्ह्वा

प्रकाशित: १९ आश्विन २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...