स्न्यापच्याटले हालै चुपचाप नयाँ सुविधा ‘फूटस्टेप्स’ सबै आईओएस प्रयोगकर्ताहरूका लागि जारी गरेको छ। यो सुविधाले प्रयोगकर्ताहरूलाई आफ्नो स्थानको इतिहास ट्र्याक गर्न र उनीहरूले संसारको कति भाग अन्वेषण गरेका छन् भन्ने कुरा हेर्न सघाउँछ।
पहिले यो सुविधा स्न्यापच्याट ग्राहकहरूको लागि मात्र उपलब्ध थियो, तर अब यसले स्न्याप म्याप को सहायताले प्रयोगकर्ताहरूको यात्रा गतिविधिहरूलाई ट्र्याक गर्छ र पुराना स्मृतिहरूको आधारमा उनीहरूको यात्राहरू म्याप गर्छ।
तर न्युज१८का अनुसार यसमा एउटा शर्त छ — यो सुविधाले”गोस्ट मोड” बन्द गरिएको अवस्थामा मात्र काम गर्छ जसले प्रयोगकर्ताको स्थान लुकाउँछ।
स्न्यापच्याट फूटस्टेप्सको पहिलो पटक प्रयोग गर्ने प्रयोगकर्ताहरूका लागि, तपाईँको प्रारम्भिक चरणहरू तपाईँका मेमोरी (पुराना तस्बिर र भिडियोहरू) मा आधारित हुनेछ, जसको अर्थ तपाईँका पुराना यात्राहरू पनि गणना गरिनेछ।
यसपछि एपले नयाँ यात्राहरूको ट्र्याक गर्न मेमोरी प्रयोग गर्नेछैन र तपाईँको यात्राहरूलाई स्थान डाटाका आधारमा ट्र्याक गर्न सुरु गर्नेछ।
यो सुविधाले तपाईँले कति देशहरू भ्रमण गर्नुभएको छ र कति ठाउँहरू अन्वेषण गर्नुभएको छ भनेर देखाउन सक्छ। उदाहरणका लागि एपले तपाईँको गृहनगरको ४० प्रतिशत क्षेत्र अन्वेषण गरिएको देखाउन सक्छ।
वा यदि तपाईँ छुट्टीमा दुबई भ्रमण गर्नुभएको छ भने, एपले तपाईँले शहरको ५ प्रतिशत भाग अन्वेषण गरेको देखाउन सक्छ।
ध्यान दिनुहोस् कि यी प्रतिशतहरू केवल तब सही हुनेछन् यदि तपाईँ एपका नियमित प्रयोगकर्ता हुनुहुन्छ र धेरै स्न्याप्स बचाउनुहुन्छ, किनभने फूटस्टेप्स तपाईँका सेभ गरिएका मेमोरिजमा आधारित हुनेछ।
स्न्यापच्याट फूटस्टेप्स कसरी सक्रिय गर्ने?
- फूटस्टेप्स सक्रिय गर्न: आफ्नो उपकरणमा Snap Map ट्याबमा जानुहोस् र फूटस्टेप्स पप-अपमा ‘OK’ क्लिक गर्नुहोस्।
- फीचर बन्द गर्न र फूटस्टेप्स डेटा हटाउन: सेटिङ्स अप्सनअन्तर्गत एकाउन्ट सेक्सन ट्याबमा जानुहोस्।
- म्याप ट्याबमा क्लिक गर्नुहोस् र ‘सेभ न्यु फूटस्टेप्स एज माइ लोकेशन अपडेट्स अन द म्याप’ लाई टगल गरेर फूटस्टेप्स बन्द गर्नुहोस्।
- डाटा हटाउन: ‘ क्लियर फूटस्टेप्स हिस्ट्री’ क्लिक गरेर आफ्नो फूटस्टेप्स इतिहास मेटाउन सक्नुहुन्छ।
स्न्यापच्याटको यो नयाँ फीचर गुगल म्याप्सको टाइमलाइन सुविधासँग मिल्दोजुल्दो छ, जसले तपाईँले गरेका यात्राहरू र भ्रमण गरेका स्थानहरूलाई लोकेशन हिस्ट्रीको आधारमा ट्र्याक गर्छ।
यो सुविधा आईओएस संस्करण 13.9.0.40 मा उपलब्ध रहेको न्युज१८ ले जनाएको छ।