Technology Khabar १६ आश्विन २०८१, बुधबार
काठमाडौं ।
यो महिनाको सुरुवातमा भारतमा हट ५० फाइभजी स्मार्टफोन सार्वजनिक गरेको ब्रान्ड इन्फिनिक्सले अब केही विश्वव्यापी बजारहरूको लागि डिभाइसको फोरजी भेरियन्ट घोषणा गरेको छ।
यद्यपि यी दुई मोडेलहरू बीच प्रोसेसरको साथै केही भिन्नताहरू रहेको जनाइएको छ।
इन्फिनिक्स हट ५० फोरजीको स्पेसिफिकेशनहरूः
इन्फिनिक्स हट ५० फोरजीमा एफएचडी+ रेजोल्युसन भएको ६.७८ इन्चको आईपीएस एलसीडी डिस्प्ले छ जुन फाइभजी संस्करणबाट अपग्रेड गरिएको उल्लेख गरिएको छ।
यो डिस्प्लेले १२०हर्ज रिफ्रेस रेट र बम्प अप गरिएको ८००निट्स पिक ब्राइटनेसको फिचर गर्दछ। साथै उक्त स्क्रिन भिजेको र चिल्लो औंलाहरूको लागि प्रतिक्रियाशील रहेको इन्फिनिक्सले उल्लेख गरेको छ।
यो डिभाइस हट ५० फाइभजीको जस्तै डिजाइनमा आउने जनाइएको छ। जस अनुसार डिभाइसको पछाडिको प्यानलमा पिल आकारको क्यामरा मोड्युल र फिङ्गरप्रिन्ट स्क्यानरको रूपमा काम गर्ने पावर बटनको साथ आएको छ।
इन्फिनिक्स हट ५० फोरजीमा सेकेन्डरी लेन्स र एफ/१.६ सहितको ५० मेगापिक्सेलको मुख्य सेन्सर समावेश गरी डुअल रियर क्यामरा सेटअप रहेको छ। स्मार्टफोनको अगाडि भने ८ मेगापिक्सेलको सेल्फी स्न्यापर रहेको छ।
हार्डवेयरको सन्दर्भमा इन्फिनिक्स हट ५० फोरजी मिडियाटेक हेलियो जी१०० प्रोसेसरद्वारा सञ्चालित हुने उल्लेख गरिएको छ। यस स्मार्टफोनमा ८जीबी र्याम र २५६जीबी स्टोरेज रहेको छ भने स्टोरेजलाई माइक्रोएसडी कार्ड स्लट मार्फत विस्तार गर्न मिल्ने थप उल्लेख गरिएको छ।
त्यसैगरी डिभाइसमा १८वाटको फास्ट चार्जिङको लागि समर्थन सहितको ५,०००एमएएच ब्याट्री युनिट समावेश गरिएको जनाइएको छ।
सफ्टवेयर अनुसार यो स्मार्टफोन एन्ड्रोइड १४–आधारित एक्सओएस १४.५ मा चल्ने उल्लेख गरिएको छ। साथै डिभाइसले विभिन्न एआई फिभर्सहरू जस्तै एआई वालपेपर, एआई कटआउट्स, एआई भ्वाइस क्याप्चर र अन्य थप सुविधाहरू प्रदान गर्ने उल्लेख गरिएको छ।
इन्फिनिक्स हट ५० फोरजी स्लीक ब्ल्याक, सेज ग्रीन, टाइटेनियम ग्रे रङ्गहरूमा आएको उल्लेख छ। युक्रेनमा इन्फिनिक्स हट ५० फोरजीको मूल्य ६,८०० युक्रेनी रिव्निया (१६५ अमेरिका डलर) रहेको गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: १६ आश्विन २०८१, बुधबार