फेसबुक पेज तथा प्रोफाइलमा देखिन छोड्यो फलोअर्सको संख्या

  • Technology Khabar | १६ आश्विन २०८१, बुधबार
फेसबुक पेज तथा प्रोफाइलमा देखिन छोड्यो फलोअर्सको संख्या

काठमाडौं ।

सामाजिक सञ्जाल फेसबुकमा कुनै व्यक्ति वा संस्थाको पेज तथा प्रोफाइल खोल्दा एकमुस्टरूपमा देखिने गरेको फलोअर्सको संख्या हराएको छ।

फेसबुकमा बुधबारदेखि यस्तो परिवर्तन देखिएको हो।

फेसबुकमा भेरिफाइड ब्याज पाएका र नपाएका दुवै किसिमको व्यक्ति तथा संस्थाको प्रोफाइलमा एकमुस्टरूपमा फलोअर्सको संख्या देखिने गरेकोमा हाल त्यस्तो संख्या केहिमा नदेखिने भएको हो।

फेसबुककै संस्थापक मार्क जुकरबर्गको प्रोफाइलमा समेत त्यसरी फलोअर्स संख्या देखिएको छैन। तर, फेसबुकको मुख्य कम्पनी मेटाको फलोअर्स संख्या देखिन्छ।

धेरैजसो त्यस्ता पेज तथा प्रोफाइलमा त्यसरी फलोअर्स देखिएको छैन भने केहिमा देखिन्छ।

नेपालका पनि केहि व्यक्ति र कम्पनीका भेरिफाइड पेज तथा प्रोफाइलमा फलोअर्सको संख्या देखिएको भने केहिमा देखिएको छैन्।

यस बारेमा फेसबुकले केहि घोषणा वा जानकारी दिएको छैन्।

प्रकाशित: १६ आश्विन २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×