सूचना व्यवस्थापन प्रणाली शुरु

  • Technology Khabar | ६ आश्विन २०८१, आईतवार
सूचना व्यवस्थापन प्रणाली शुरु

काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय पाल्पाले केन्द्रीकृत नेपाली नागरिकताको सूचना व्यवस्थापन प्रणालीमार्फत नागरिकता वितरण सुरु गरेको छ। वडाबाटै नागरिकता प्रणालीमार्फत सिफारिस भई आएको विवरणका आधारमा नागरिकता प्रमाणपत्र प्रदान गर्न थालिएको प्रशासनले जनाएको छ ।

जिल्लाका ८१ ओटै वडा कार्यालयबाट नागरिकता लिनेव्यक्तिका लागि आवश्यक पर्ने अनुसूची, समावेश गर्नुपर्ने महत्वपूर्ण कागजातसहितको सिफारिस वडा कार्यालयबाट प्रणालीमा ‘अपलोड’ हुने छ। त्यसपछि वडाबाट स्वीकृत भएपछि प्राप्त पिन र सिफारिस फाइल लिएर आएपछि प्रशासनबाट नागरिकता प्राप्त गर्न सकिने पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले जानकारी दिईन्।

यस प्राणालीमार्फत नागरिकता जारी गर्दा सेवाप्रदायकलाई सेवा प्रदान गर्न र सेवाग्राहीलाई सेवा लिन सहज हुने प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए। स्थानीय वडाबाटै विवरण भरिने भएकाले नागरिकताको विवरणमा हुने विभिन्न खाले त्रुटिगत समस्याका धेरै हदसम्म समाधान हुने विश्वास उनले व्यक्त गरे। गोरखापत्रबाट

प्रकाशित: ६ आश्विन २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride hosts road safety orientation program

  • Technology Khabar
  • ६ आश्विन २०८१, आईतवार