अमेरिकी कम्पनी क्लियरभ्यू एआईमाथि नेदरल्याण्ड्सद्वारा जरिबाना

  • Technology Khabar | १९ भाद्र २०८१, बुधबार
अमेरिकी कम्पनी क्लियरभ्यू एआईमाथि नेदरल्याण्ड्सद्वारा जरिबाना
सांकेतिक तस्बिर। एआईको सहयोगमा तयार पारिएको।

काठमाडौं ।

अमेरिकी फेशियल रेकग्निशन कम्पनी क्लियरभ्यू एआईलाई डच डाटा सुरक्षा निकाय डीपीएले मंगलबार ३०.५ मिलियन युरो अर्थात् ३३.७ मिलियन डलर जरिबाना गरेको छ। डीपीएले यो जरिबाना उक्त कम्पनीले अवैध डाटाबेस निर्माण गरेको कारण तिराइएको प्रस्ट पारेको छ।

डीपीएले थप आदेश जारी गर्दै क्लियरभ्यूलाई नियामकलाई आवश्यक परेको बेला सहयोग नगरेको भन्दै ५ मिलियन युरो सम्मको अतिरिक्त जरिबाना पनि लगाएको छ।

रोयटर्सले तुरुन्तै कम्पनीसँग यसबारे बुझ्न खोज्दा कम्पनीले कुनै प्रतिक्रिया नदिएको बताइएको छ। तर डीपीएको भनाइअनुसार क्लियरभ्यूले निर्णयको विरोध नगरेकोले यसले जरिबानाको विरुद्ध अपिल गर्न सक्ने अवस्था छैन।

 

प्रकाशित: १९ भाद्र २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

KMC hosts three-day workshop on advanced research methods, data analysis, and ethical use of AI

  • Technology Khabar
  • १९ भाद्र २०८१, बुधबार