नर्वेमा विद्युतीय कार बिक्रीमा कीर्तिमान कायम

  • Technology Khabar | १९ भाद्र २०८१, बुधबार
नर्वेमा विद्युतीय कार बिक्रीमा कीर्तिमान कायम

काठमाडौं ।

नर्वेमा विद्युतीय कारको बिक्रीले अगस्टमा बजारको ९४ प्रतिशत हिस्सा ओगटेको छ। यो नयाँ विश्व कीर्तिमान हो। युरोपका बाँकी भागहरूमा बिक्री स्थिर रहेको तथ्याङ्कले सोमबार देखाएको छ।

नर्वेजियन रोड फेडरेशन (ओएफभी) का अनुसार टेस्ला मोडल वाईले बिक्रीको १८.८ प्रतिशत हिस्सा ओगटेको र केही हदसम्म हुन्डाईको कोना र निसानको लिफले पनि बजार लिएको छ।

नर्वेलीहरूले अगस्टमा १० हजार ४८० नयाँ ईभीहरू किनेका छन्।

युरोपमा अन्य ठाउँमा उच्च मूल्य र अपर्याप्त पूर्वाधारले ईभीको बिक्रीमा बाधा रहेको समयमा नर्वेले यो कीर्तिमान् बनाएको हो।

“विद्युतीय कारको प्रयोगका शिलशिलामा हेर्दा विश्वको कुनै पनि देश नर्वेको नजिक छैन,” ओएफपी निर्देशक ओभिन्ड सोलबर्ग थोरसेनले एक विज्ञप्तिमार्फत भने।

“यदि यो प्रवृत्ति जारी रह्यो भने, हामी चाँडै सन् २०२५ सम्म शत प्रतिशत शून्य उत्सर्जन कारहरूको हाम्रो लक्ष्य हासिल गर्ने बाटोमा छौं,” उनले थपे।

युरोपेली अटोमोबाइल उत्पादक सङ्घका अनुसार, जुलाईमा ईयूमा नयाँ कार बिक्रीको विद्युतीय कारले १२.१ प्रतिशत, ३३.४ पेट्रोलबाट चल्ने कारले प्रतिशत, पूर्ण हाइब्रिड कारले ३२ प्रतिशत र डिजेल कारले १२.६ प्रतिशत हिस्सा ओगटेको थियो। रासस/एएफपी

प्रकाशित: १९ भाद्र २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

KMC hosts three-day workshop on advanced research methods, data analysis, and ethical use of AI

  • Technology Khabar
  • १९ भाद्र २०८१, बुधबार