ओटिए  प्लेटफर्म  ‘ट्रिप टर्बो’ मार्फत् हवाई टिकट र साहसिक गतिविधिको बुकिङ मोबाइल एपबाटै 

  • Technology Khabar | १७ भाद्र २०८१, सोमबार
ओटिए  प्लेटफर्म  ‘ट्रिप टर्बो’ मार्फत् हवाई टिकट र साहसिक गतिविधिको बुकिङ मोबाइल एपबाटै 

काठमाडौं ।

अनलाइन ट्राभल एग्रिगेटर (ओटिए) प्लेटफर्म ‘ट्रिप टर्बो’ सञ्चालनमा आएको छ। प्लेटफर्ममार्फत सेवाग्राहीले मोबाइल एपबाटै ट्राभल एण्ड टुर्ससँग सम्बन्धित विभिन्न सेवा लिन सक्ने भएका छन् ।

एपमार्फत हवाई टिकट बुकिङ, साहसिक पर्यटनसँग सम्बन्धित गतिविधि, बस टिकट, होटल बुकिङ लगायतका सुविधा लिन सकिने ट्रिप टर्बोका संस्थापक शिखर प्रसाईंले बताए।

साहसिक पर्यटनतर्फ र्‍याफ्टिङ, बन्जी, प्याराग्लाइडिङ, हट एयर बेलुन, जिपलाइन, आइस स्केटिङ लगायतका थुप्रै गतिविधिका लागि टिकट बुक गर्न सकिन्छ।

ट्रिप टर्बो पाँच दशकभन्दा लामो समयदेखि पर्यटन क्षेत्रमा क्रियाशील नटराज टुर्स एण्ड ट्राभल्सको भगिनी संस्था हो। ट्रिप टर्बोमार्फत हवाई टिकट बुकिङ गर्दा पहिलो टिकटमा ३ सय रुपैयाँ र त्यसपछिका टिकटमा २ सय रुपैयाँ छुट समेत पाइने बताइएको छ।

परीक्षणका रुपमा २०२४ जनवरीबाट सुरू गरिएको यो एप अब भने पूर्ण रुपमा सन्चालनमा आएको हो ।

एपमार्फत कुनै पनि सेवा लिँदा इसेवा, खल्ती, मोबाइल बैंकिङ, अन्तराष्ट्रिय कार्ड (भिजा, मास्टर कार्ड, युनियन पे, अमेरिकन एक्सप्रेस) मार्फत भुक्तानी गर्न सकिनेछ।

प्रसाईंका अनुसार सेवा प्रदायक र सेवाग्राहीबीचको दूरी कम गर्न पर्यटन क्षेत्रलाई थप टेवा पुर्‍याउन तथा नेपाली सँस्कृति र इतिहासको संरक्षणका क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले एपमार्फत विभिन्न सेवा प्रदान गरिएको हो।

ट्रिप टर्बो एपमार्फत निकट भविष्यमा अन्तराष्ट्रिय हवाई उडानको टिकट, अन्तराष्ट्रिय होटल बुकिङ लगायतका सुविधा थप गरिने बताइएको छ।

एप्पल प्रयोगकर्ताले एप स्टोर र एन्ड्रोइड प्रयोगकर्ताले प्ले स्टोरबाट यो एप डाउनलोड गरि प्रयोग गर्न सक्छन् । अथवा ट्रिप टर्बोको आधिकारिक वेबसाइट(tripturbo.com)मा लग इन गरेर पनि आफुले चाहेको सेवा लिन सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: १७ भाद्र २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार