ब्राजिलले इलन मस्कको सोशल मिडिया प्लेटफर्म एक्सलाई लगायो प्रतिबन्ध

Technology Khabar १५ भाद्र २०८१, शनिबार

काठमाडौं ।

ब्राजिलले इलन मस्कको सोशल मिडिया प्लेटफर्म एक्सलाई शनिबार बिहानदेखि ब्लक गर्न थालेको छ। कम्पनीले न्यायाधीशको आदेशको पालना गर्न अस्वीकार गरेपछि वेब र यसको मोबाइल एपलाई ब्राजिलमा बन्द गराईएको एसोसिएटेड प्रेसले रिपोर्ट गरेको छ।

एक्सले सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्डर डे मोरेसले ब्राजिलमा कानुनी प्रतिनिधिको नाम दिन तोकेको म्याद गुमाएका थिए, जसले निलम्बनलाई ट्रिगर गर्यो। यसले मस्क र डे मोरेस बीच वाक स्वतन्त्रता, चरम दक्षिणपन्थि खाताहरू र गलत सूचनालाई लिएर महिनौं लामो झगडामा वृद्धि भएको संकेत गर्दछ।

एक्सलाई ब्लक गर्न, ब्राजिलको दूरसञ्चार नियामक, एनाटेलले इन्टरनेट सेवा प्रदायकहरूलाई सोशल मिडिया प्लेटफर्ममा प्रयोगकर्ताहरूको पहुँच निलम्बन गर्न भन्यो। स्थानीय समय अनुसार शनिबार मध्यरातदेखि प्रमुख अपरेटरहरूले त्यसो गर्न थालेका छन्।

डे मोरेसले बुधबार राति मस्कलाई चेतावनी दिएका थिए कि यदि उनले प्रतिनिधिको नाम दिनको लागि आफ्नो आदेशको पालना गर्न असफल भएमा एक्सलाई ब्राजिलमा अवरुद्ध गर्न सकिन्छ र यसको लागि २४ घण्टाको समयसीमा तोकेको थियो। यस महिनाको सुरुदेखि कम्पनीको देशमा प्रतिनिधि छैनन।

“इलन मस्कले ब्राजिलको सार्वभौमसत्ता र विशेष गरी न्यायपालिकाको लागि आफ्नो पूर्ण अनादर देखाए, आफूलाई एक साँचो सुपरनेशनल संस्थाको रूपमा स्थापित गरे, जुन प्रत्येक देशको कानूनद्वारा प्रतिरक्षित छ,” डे मोरेसले शुक्रबार आफ्नो निर्णयमा लेखे।

प्लेटफर्मले उसको आदेशको पालना नगरेसम्म निलम्बित रहने न्यायाधिशले बताएका छन र यसमा पहुँच गर्न भीपीएन प्रयोग गर्ने व्यक्ति वा कम्पनीहरूलाई ५० हजार ब्राजिलियन लिरा (८,९०० अमेरिकी डलर) को दैनिक जरिवाना पनि तोकिएको छ।

प्रकाशित: १५ भाद्र २०८१, शनिबार

तपाइको प्रतिक्रिया