रियलमी नोट ६० सार्वजनिक हुने मिति पक्का

  • Technology Khabar | १२ भाद्र २०८१, बुधबार
रियलमी नोट ६० सार्वजनिक हुने मिति पक्का

काठमाडौं ।

गत महिना गीकबेन्च लिस्टिङमा अझै घोषणा हुन बाँकी रियलमी नोट ६० देखा परेको थियो। अब रियलमीले इन्डोनेसियामा अगस्त ३० तारिखमा उक्त नोट ६० को घोषणा गर्ने भएको छ।

यद्यपि नोट ६० लन्च हुनुअघि रियलमी इन्डोनेसियाले डिभाइसको बारेमा केही थप विवरणहरू साझा गरेको जनाइएको छ। यो डिभाइस ४/६४जीबी, ६/१२८जीबी र ८/२५६जीबी गरेर तीनवटा र्याम/स्टोरेज ट्रिमहरूमा उपलब्ध हुने जनाइएको छ।

त्यसैगरी नोट ६० मा ६.७४ इन्चको डिस्प्ले (९० हर्ज), ३२ मेगापिक्सेलको मुख्य क्यामरा र ५,००० एमएएच ब्याट्री पनि समावेश गरिने जनाइएको छ। साथै एन्ड्रोइड १४ मा आधारित रियलमी यूआईद्वारा सफ्टवेयर पक्ष कभर गरिने थप उल्लेख गरिएको छ।

त्यसैगरी यो डिभाइस भोयेज ब्लू र मार्बल ब्ल्याक रङ्गङ्गरुमा उपलब्ध हुनेछ भने डिभाइसको खुला बिक्री घोषणा भएको दिनमा सुरु हुने जीएसएमएरिनामा उल्लेख गरिएको छ।

प्रकाशित: १२ भाद्र २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार