थाहा पाईराख्नुस्, यसरी प्राप्त गर्न सकिन्छ कम्प्यूटर वा ल्यापटपबाट हराएको फाइल

Technology Khabar ३२ असार २०७५, सोमबार

काठमाडौं ।

काठमाडौं । कम्यूटर तथा ल्यापटपमा मानिसहरुले आफ्ना सबै महत्वपूर्ण डाटाहरु राख्ने गर्दछन् । जसमा फोटो भिडियो, डकुमेन्टहरु राखिएका हुन्छन् । कहिलेकाँही यस्ता महत्वपूर्ण डाटाहरु अचानक डिलिट हुने वा हेलचेक्रयाईँ गर्दा हराउने गर्दछ भने कहिले अपरेटिंग सिस्टम क्र्यास हुँदा तपाईँको महत्पूर्ण डाटाहरु हराउने गर्दछ ।

यस्तो बेलामा तपाईँलाई निकै तनाब हुन्छ र त्यो डाटा कसरी फेरी प्राप्त गर्न सकिन्छ भन्ने ध्यान हुन्छ । हामी यहाँ तपाईँलाई तपाईँको कम्यूटर वा ल्यापटपमा राखिएको डाटाहरु कसरी पुन प्राप्त गर्ने भन्ने केहि टिप्सहरु दिन चाहन्छौं ।

रिकभर गर्नुभन्दा पहिले यी कुराहरुमा ध्यान दिनुहोस् ।

हराएको पुरा डाटा रिकभर गर्न संभव छैन, तर यसलाई अधिकतम मात्रामा पुन प्राप्त भने गर्न सकिन्छ ।

भर्खरै डिलीट भएको डाटा पुन प्राप्त गर्न सजिलो हुन्छ ।

फाइल एक्सटेन्शन तथा फर्म्याटको जानकारी तपाईँलाई छ भने हराएको डाटा पत्ता लगाउन सजिलो र छिटो हुन्छ ।

यी फर्म्याटमा हुन्छन फाइलहरु :

फोटोका लागि – .jpg, .png, .CR2, .gif

भिडियोका लागि – .mp4, .3gp, .wmv, .mkv

डकुमेन्टहरुका लागि – .doc, .docx, .ppt, .pptx, .xls, .xlxs, .psd

अडियोका लागि – .mp3, .m4a, .wav, .wma, .flacc, .3gp

यस्तै प्रकारले यदि तपाईँलाई डिलीट भएको डाटाको लोकेशन थाहा छ भने डाटालाई सजिलो र छिटोसँग रिकभर गर्न सकिन्छ ।

तपाईँले यी जानकारीहरु थाहा पाईसकेपछि यो स्टेपलाई क्रमसँग फलो गर्नुहोस् ।

पहिलो तरीका विण्डोजमा भएको फीचरद्धारा

विण्डोज अपरेटिंग सिस्टममा रिस्टोर दि प्रिभियस भर्सन (Restore the previous version) नामको फीचर हुन्छ । यो फीचर कुनै खास फोल्डर वा ड्राइभमा हाल भईरहेको सबै परिवर्तनलाई स्क्यान गर्दछ र यूजर्सलाई रिस्टोर गर्ने सुविधा दिन्छ ।

डाटा स्टोर गर्नका लागि यी स्टेपहरु फलो गर्नुहोस्

  • स्टार्ट बटनमा क्लिक गरेर दिस पिसी (this PC) लाई खोल्नुहोस् । त्यसपछि दिस पिसीमा क्लिक गर्नुहोस् ।
  • त्यो फोल्डरलाई खोल्नुहोस जहाँ हराएको फाईल थियो ।
  • त्यसपछि फाइल वा फोल्डरमा राइट क्लिक गर्नुहोस र रिस्टोर प्रिभियस भर्सन (Restore previous version)अप्सनमा क्लिक गर्नुहोस् । अब यो फाइल वा फोल्डरमा उपलब्ध भर्सनलाई देखाउनेछ ।
  • फाइल वा फोल्डरको भर्सनलाई सेलेक्ट गर्न र रिस्टोर गर्नका लागि रिस्टोर (Restore) बटनमा क्लिक गर्नुहोस् ।

यसबाहेक तपाईँले दोस्रो तरीकाबाट पनि हराएको डाटा रिकभर गर्न सक्नुहुनेछ यसको लागि थप पार्टी सफ्टवेयरको सहयोग आवश्यक पर्दछ

  • यदि तपाईँले हराएको फाइल पहिलो तरीकाबाट प्राप्त गर्न सक्नुभएन भने तपाईँले थर्ड पार्टि एप्स प्रयोग गरेर आफ्नो डाटा रिकभर गर्न सक्नुहुनेछ । यसको लागि ईजीयूएस पार्टिसन्, रेक्यूभा, रेस्क्यू प्रो (easeUS partition, Recuva, Rescue Pro) जस्ता थर्ड पार्टी सफ्टवेयरहरुको सहयोग लिन सक्नुहुनेछ ।
  • यसमध्ये कुनैपनि एउटा सफ्टवेयर तपाईँले सिधै डाउनलोड गरेर इन्स्टल गर्न सक्नुहुन्छ ।
  • त्यसपछि सो सफ्टवेयर भित्र प्रवेश गर्नुहोस्
  • अब त्यो ड्राइभ वा फोल्डरलाई सेलेक्ट गर्नुहोस् जहाँ फाइल थियो ।
  • त्यसपछि त्यस फाइल फम्र्याटलाई सेलेक्ट गर्नुहोस, जसलाई तपाईँ रिकभर वा पुन प्राप्त गर्न चाहनुहुन्छ र त्यसपछि स्क्यानमा क्लिक गर्नुहोस् ।
  •  स्क्यानमा क्लिक गर्ने बित्तिकै सो फोल्डर वा ड्राइभद्धारा डिलीट भएको सबै डाटा सर्च हुनेछ । सफ्टवेयरको स्क्यानिंग प्रकृया पुरा हुनेबित्तिकै सबै फाइलहरु सेलेक्ट गरेर सेभ गर्न सक्नुहुनेछ ।

प्रकाशित: ३२ असार २०७५, सोमबार

तपाइको प्रतिक्रिया