ताजा समाचार

जनकपुरधाममा सिसिटिभी जडान

जनकपुरधाममा सिसिटिभी जडान
सांकेतिक तस्बिर
Global IME Bank

मधेस प्रदेश राजधानी जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न स्थानमा सिसिटिभी जडान गरिएका छन्।

सुरक्षा व्यवस्था थप चुस्त बनाउन हालसम्म जनकपुरधामका वडा नं २ मा २० र वडा नं ३ मा १० वटा सिसिटिभी जडान गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

जनकपुरधाम उपमहानगरपालिकाले सिसिटिभी जडानका लागि वडा नं २ मा रु १० लाख र वडा नं ३ मा रु पाँच लाख बजेट छुट्याइएको थियो।

सिसिटिभी जडानले आपराधिक घटनाको न्यूनीकरण तथा अपराधीको पहिचानमा सहयोग पुग्ने धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए।रासस

Sajilo Visa
easy care