ताजा समाचार

भारतका तीन टेलिकम अपरेटरहरुले बढाएको मोबाइल सेवा शुल्क लागू

भारतका तीन टेलिकम अपरेटरहरुले बढाएको मोबाइल सेवा शुल्क लागू
Global IME Bank

छिमेकी देश भारतका मोबाइल अपरेटरहरुले बढाएको सेवा शुल्क बुधबारदेखि लागू भएको छ। जियो र एयरटेलले गत महिना आफ्ना रिचार्ज प्लानको मूल्य बढाउने घोषणा गरेका थिए भने भोडाफोन (भी)ले पनि केहि दिनअघि नयाँ शुल्क लागू हुने बताएको थियो।

तीनओटै अपरेटरहरुको नयाँ शुल्क जुलाई ३ तारिखदेखि लागू भएको छ। अब भारतीय प्रयोगकर्ताले मोबाइल रिचार्ज गर्न धेरै पैसा तिर्नुपर्नेछ।

जियोका प्रिपेड, टपअप र पोस्टपेड प्लान सहित कुल १९ प्लानको मूल्य बढाइएको छ। रिलायन्स जियोको सबैभन्दा सस्तो प्रिपेड प्लान, जुन पहिले १५५ भारतीय रुपैयाँ थियो, अहिले बढेर १८९ रुपैयाँ पुगेको छ।

यस्तै एयरटेलको २८ दिने प्लान, जुन पहिले १७९ रुपैयाँमा उपलब्ध थियो, अब प्रयोगकर्ताका लागि १९९ भारतीय रुपैयाँमा उपलब्ध हुनेछ।

भोडाफोन आईडियाको बढेको मूल्य पनि जुलाई ४ तारिखदेखि लागू हुनेछ। भीको सबैभन्दा महँगो वार्षिक रिचार्ज प्लानले एयरटेल र जियोको तुलनामा कम दैनिक डाटा सुबिधा प्रदान गर्दछ, तर यो भारु १०० ले सस्तो भएको बताईएको छ।

तर भारतीय सरकारको लगानी रहेको बीएसएनएलले भने कुनै शुल्क वृद्धि गरेको छैन्।

Sajilo Visa
easy care