भारतीय ट्विटर भनेर चिनिने सामाजिक सञ्जाल स्टार्टअप ‘कू’ बन्द हुँदै

  • Technology Khabar | २० असार २०८१, बिहीबार
भारतीय ट्विटर भनेर चिनिने सामाजिक सञ्जाल स्टार्टअप ‘कू’ बन्द हुँदै

काठमाडौं ।

भारतीय स्थानीय सामाजिक सञ्जाल स्टार्टअप कू (Koo) बन्द हुन लागेको छ। कम्पनीका सह-संस्थापक अप्रमेय राधाकृष्णनले लिङ्क्डइन पोस्टमा यो खुलासा गरेका छन्। डेलीहन्ट लगायतका विभिन्न कम्पनीहरूसँग कूको बिक्री वा मर्जरबारे केही समयदेखि वार्ता चलिरहेको थियो। वार्ता सफल नभएपछि कम्पनीका संस्थापकले कू बन्द गर्ने निर्णय गरेका छन्।

कू एक्सको विकल्पको रूपमा प्रस्तुत गरिएको थियो, जुन पहिले ट्विटरको रूपमा चिनिन्थ्यो। अप्रमेय राधाकृष्णन र मयंक बिडवात्काले २०१९ मा कू सुरु गरेका थिए र यो मार्च २०२० मा लन्च भएको थियो।

दिल्लीको सिमानामा कृषिसम्बन्धी तीनवटा कानुनको विरोधमा किसानहरूले गरेको विरोधका क्रममा भारत सरकार र एक्स (पहिलेको ट्वीटर) बीच सामाजिक सञ्जाल प्लेटफर्मबाट विरोधको भिडियो हटाउने विषयमा विवाद हुँदा कु चर्चामा आएको थियो। त्यस समयमा भारत सरकारको प्रेस विज्ञप्ति पनि ‘एक्स’ को सट्टा ‘कु’मा आउन थालेको थियो।

कू बन्द भएको कुरा अप्रमेय राधाकृष्णले लिङ्क्डइनमा एक पोस्टमा प्रकट गरेका थिए। उनले लेखेका छन्, “यो हाम्रो तर्फबाट अन्तिम अपडेट हो। साझेदारी सम्बन्धमा हाम्रा निरन्तर वार्ताहरू असफल भएका छन् र हामी सर्वसाधारणका लागि हाम्रा सेवाहरू बन्द गर्न लागेका छौं। हामीले ठूला इन्टरनेट कम्पनी, कर्पोरेट समूह र मिडिया हाउससँग साझेदारीका लागि वार्ता गर्ने प्रयास गरेका छौं, तर वार्ताको नतिजा हामीले चाहेजस्तो आएको छैन।

अप्रमेया राधाकृष्णले एप चलाउन चाहेको तर सामाजिक सञ्जाल एप चलाउनको लागि प्रविधि सेवाको लागत निकै महँगो भएकाले यो निर्णय लिनुपरेको बताएका छन्।

प्रकाशित: २० असार २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...