
काठमाडौं ।
चिनियाँ अन्तरिक्ष प्रक्षेपण कम्पनी ओरिएन्टल स्पेसले आफ्नो ग्राभिटी–१ रकेटको सफल परीक्षण गरेको छ।
उक्त परीक्षणको क्रममा चीनको समुद्रबाट १७०० किलोमिटर भन्दा बढि भर्टिकल स्टेट (ठाडो अवस्था) मा रकेटमार्फत ढुवानी गरिएको थियो र यसमा वास्तविक प्रक्षेपण परिदृश्य अनुकरण पनि गरिएको जनाइएको छ।
एसेम्बली, इम्बार्केसन, ट्रान्सपोर्टेशन, डिसेम्बली, र डिसेम्बार्केसन समावेश
यस परीक्षणको उद्देश्य भनेको रकेटले कठोर समुद्री अवस्थाहरू सामना गर्न र लामो दूरीको समुद्री यातायातको समयमा सुरक्षा उपायहरू प्रमाणित गर्ने क्षमता सुनिश्चित गर्नु रहेको उल्लेख गरिएको छ। डान्डोङदेखि लियान्युङगाङ सम्मको ९२० नटिकल (समुद्री) माइलको यात्रामा एसेम्बली, रोल–अन/रोल–अफ इम्बार्केसन, ट्रान्सपोर्टेशन, डिसेम्बली र डिसेम्बार्केसन समावेश रहको छ।
त्यसैगरी परीक्षणले पोर्ट स्टपमा स्याटेलाइट कभर एसेम्ब्लीलाई सफलतापूर्वक अलग गरी पुनः जडान गरेर तार्किक चुनौतीहरूलाई पनि सम्बोधन गरेको थियो। यो नवीनताले लन्च साइटहरूमा थप सुविधाजनक डकिंग प्रक्रियाहरूको लागि अनुमति दिने जनाइएको छ।
यो सफल परीक्षणले ओरिएन्टल स्पेसको “फ्रन्ट शप एन्ड ब्याक फ्याक्ट्री” मोडेलको लागि मार्ग बनाएको र तिनीहरूको भर्खरै सम्पन्न एसेम्ब्ली, इन्टिग्रेसन एन्ड टेस्टिङ (परीक्षण केन्द्र) ले कोरको रूपमा सेवा गरिरहेको उल्लेख गरिएको छ।
ग्र्याभिटी–१ रकेट आफैंमा प्रभावशाली क्षमताहरू रहेको जनाइएको छ। चीनको (र विश्वको) पहिलो अल–सोलिड बन्डल मध्यम आकारको लन्च भेहिकललाई पृथ्वीको तल्लो कक्षमा साना र मध्यम भूउपग्रहहरूको द्रूत प्रतिक्रिया र ठूलो मात्रामा तैनाथीको लागि डिजाइन गरिएको हो।
साथै यसले कोर स्टेज, बूस्टर्स र फरक–फरक पेलोडहरूका लागि स्विच गर्न मिल्ने इन्जिन विकल्पहरूको साथ लचिलो कन्फिगरेसन प्रदान गर्ने गीज्मोचाइनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २१ असार २०८१, शुक्रबार