ओयो र इसेवाबीच सहकार्य, अब इसेवामार्फत होटल बुकिङ गर्न सकिने

  • Technology Khabar | १० असार २०७५, आईतवार
ओयो र इसेवाबीच सहकार्य, अब इसेवामार्फत होटल बुकिङ गर्न सकिने
इसेवाका प्रेसिडेन्ट अस्गर अली र ओयोका भाइस प्रेसिडेण्ट प्रसुन चौधरी सहकार्यबारे सम्झौतापत्र आदानप्रदान गर्दै ।

काठमाडौं ।

काठमाडौं । अनलाइन तथा मोबाइल एपमार्फत होटल बुकिङ सेवा प्रदान गर्दै आएको ओयोले होटल बुकिङ र भुक्तानीको लागि इसेवासँग सहकार्य गरेको छ । यससँगै इसेवाका ग्राहकले आफ्नो मोबाईलबाट सहजै स्तरिय होटलको बुकिङ गर्न सक्ने छन्।

ओयोसँगको सहकार्यबारे सम्झौतापत्रमा राजधानीमा आयोजित एक कार्यक्रमकाबीच इसेवाका प्रेसिडेन्ट अस्गर अली र ओयोका भाइस प्रेसिडेण्ट प्रसुन चौधरीबीच हस्ताक्षर भयो ।

इसेवाका प्रेसिडेण्ट अलीले ओयो र इसेवाको सहकार्यले नेपालको पर्यटन क्षेत्रमा ठुलो टेवा पुग्ने बताए । ‘सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरिसकेको अवस्थामा नेपाल आउने पर्यटकलाई यो सहकार्यले निकै सहयोग पुग्ने विश्वास लिएको छौँ,’ उनले भने ।

यसैगरी ओयो का भाइस प्रेसिडेण्ट प्रसुन चौधरीले इसेवासँगको सहकार्यले नेपालमा ओयोको विस्तारका लागि निकै सहज हुने बताए । ‘ओयो र इसेवा दुबै प्रविधिको प्रयोग गरेर ग्राहकलाई अभुतपूर्व सेवादिन सकिन्छ भन्ने विश्वास भएको हुनाले हामी यो सहकार्यबाट निकै उत्साहित छौँ,’ उनले भने।

ओयोमार्फत तत्काल काठमाडौं र पोखराका ३५ भन्दा बढि होटलका ६ सयवटा कोठाहरु इसेवामार्फत् बुकिङ गर्न सकिन्छ । ओयोले ६ महिनाभित्रै १ सय ५० होटलका ३ हजार भन्दा बढि कोठा आफ्नो नेटवर्कमा ल्याउने लक्ष्य राखेको जानकारी दिईयो।

ओयो र इसेवाको संयुक्त कारोबार सञ्चालन गरेको उपलक्ष्यमा पहिलो चरणमा काठमाडौंका होटेलहरुमा ७ प्रतिशत र पोखराका होटेलहरुमा १५ प्रतिशत “क्यास व्याक” को सुविधा दिइएको जनाएको छ ।

प्रकाशित: १० असार २०७५, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार