किंग्स कलेजले गैर नाफामूलक व्यवस्थापन र कृषि व्यवसायमा एमबिए अध्ययन गराउने

  • Technology Khabar | ८ असार २०७५, शुक्रबार
किंग्स कलेजले गैर नाफामूलक व्यवस्थापन र कृषि व्यवसायमा एमबिए अध्ययन गराउने

काठमाडौं ।

काठमाडौं । किंग्स कलेजले यसै वर्षदेखि नेपालमा पहिलो पटक दुई नविन कोर्षहरु– एमबिए इन नन् प्रफिट म्यानेजमेण्ट र एमबिए इन एग्री विजनेश संचालन गर्ने भएको छ ।

अमेरिकास्थित वेष्टक्लिफ विश्वविद्यालयको सम्बन्धनमा आउँदो साउन दोश्रो हप्तादेखि कक्षा संचालन हुने यी दुबै कार्यक्रमहरु नेपाली परिवेश सुहाउँदो गरी नेपालमै विकास भई त्रिभुवन विश्वविद्यालयबाट स्विकृत भइसकेको किंग्सले जानकारी दिएको छ ।

सरकारी, गैरसरकारी, गैरनाफामूलक, सामाजिक उद्यमशिलता तथा विकासे क्षेत्रमा कुनै न कुनै रुपमा संलग्न भइसकेका वा हुन चाहने अथवा यी क्षेत्रहरुका ब्यवस्थापन एवं नेतृत्व तहमा रहेर वा अन्य अभ्यासहरुद्धारा योगदान गर्न चाहनेहरुका लागि एमबिए इन नन् प्रफिट म्यानेज्मेण्ट संचालन गर्न लागिएको बताईएको छ ।

यसैगरी, कलेजले वन विज्ञान, बनस्पती विज्ञान, वातावरण तथा खनिज लगायत अध्ययन गरेका विद्यार्थी, कृषि क्षेत्रलाई आधार बनाइ उद्यमशिलता गर्न चाहने ब्यक्ति तथा सो क्षेत्रमा स्टर्टआपको रुपमा काम गरिरहेको र आफ्नो ब्यापारलाई बृद्धिको दिशातर्फ लैजान चाहिरहेका ब्यक्तिहरुको लागि एमबिए इन एग्री विजनेश प्रदान गर्न लागिएको जनाएकोछ ।

“पढाइ सकेपछि कृषि क्षेत्रमा आउन लजाउने नयाँ पुस्तासमक्ष कृषि उद्यमशिलता, ब्यापार, नाफा र ब्यवस्थापनको एक प्रमुख क्षेत्र हो भनेर प्रष्ट्याउन खाँचो रहेकोले कलेजले यस कोर्षलाई ल्याएको हो,” कलेजका प्राचार्य नरोत्तम अर्यालले भने ।

प्रकाशित: ८ असार २०७५, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार