Technology Khabar १३ जेष्ठ २०८१, आईतवार
काठमाडौं ।
सरकारले आफु मातहतमा संचालनमा रहेका संस्थान तथा कम्पनीहरुमध्ये नेपाल दूरसञ्चार कम्पनी लिमिटेड नेपाल टेलिकमबाट मात्र लाभांश आर्जन गर्न सफल भएको छ।
अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणअनुसार सरकारले टेलिकमबाट ६ अर्ब ५८ करोड ७७ लाख रुपैयाँ लाभांश आर्जन गरेको छ।
तथ्यांकअनुसार जनोपयोगी क्षेत्रमा पाँच संस्थानको आर्थिक वर्ष २०७८/७९ मा रू. १ खर्ब २५ अर्ब ६८ करोड ८७ लाख कुल सञ्चालन आय रहेकोमा आर्थिक वर्ष २०७९/८० मा ९.२३ प्रतिशतले वृद्धि भई रू. १ खर्ब ३७ अर्ब २९ करोड १० लाख पुगेको छ।
आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा नेपाल खानेपानी संस्थान र नेपाल विद्युत प्राधिकरणको सञ्चालन आयमा क्रमश: ९.७४ १५.१३ प्रतिशतले वृद्धि भएको छ भने नेपाल टेलिकमको आयमा ४.३५ प्रतिशतले कमी आएको छ।
यसैगरी २०८० असार मसान्तसम्म नेपाल टेलिकमको बजार पूजीँकरण २०७९ असारको तुलनामा ३ दशमलब १९ प्रतिशतले बढेर १६ खर्ब ३२ अर्ब ४२ करोड पुगेको छ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० मा नेपाल टेलिकमको संचित नाफा ४२ अर्ब ६४ अर्ब ६४ लाख ७४ हजार रुपैयाँ रहेको छ।
प्रकाशित: १३ जेष्ठ २०८१, आईतवार