Technology Khabar १३ जेष्ठ २०८१, आईतवार
काठमाडौं ।
प्राविधिक तथा व्यावसायिक शिक्षा तर्फ सरकारी तथ्यांकअनुसार, उद्यमी युवालाई लक्षित गरी १४ आङ्गिक शिक्षालय मार्फत उद्यमशीलता र व्यावसायिक विकासका लागि इन्कुवेसन सेन्टर सञ्चालनमा रहेको छ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणअनुसार उक्त संख्यामा इन्कुवेसन सेन्टर संचालनमा रहेका छन्।
यसैगरी मुलुकभर सञ्चालित २७ हजार ९ सय ९० सामुदायिक विद्यालयमध्ये ५८.१ प्रतिशत विद्यालयमा सूचना तथा सञ्चार प्रविधिका उपकरण तथा पूर्वाधार विस्तार भएको प्रतिवेदनले जनाएको छ। गत शैक्षिक सत्रमा सूचना प्रविधि प्रयोगशाला भएका विद्यालय २५.१ प्रतिशत रहेका थिए।
त्यसैगरी, वैकल्पिक स्रोत समेत विद्युत सेवा पुगेका विद्यालय ६९.६ प्रतिशत र ब्रोडब्यान्ड इन्टरनेट जडान भएका विद्यालय ४३.१ प्रतिशत पुगेका छन्।
सर्वेक्षणकाअनुसार, प्रयोगात्मक अभ्यासमार्फत वस्तु तथा सेवा उत्पादनमा अभिवृद्धिका लागि १४ आङ्गिक शिक्षालयमार्फत इन्टर्नको व्यवस्था भएको छ।
शैक्षिक सत्र २०८० मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का ६५ आङ्गिक शिक्षालयमा प्रि-डिप्लोमा र डिप्लोमा तहमा ८ हजार ६ सय ४१ विद्यार्थी अध्ययनरत छन्।
साथै, परिषद्बाट सम्बन्धन प्राप्त, सामुदायिक विद्यालय र साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालन भएका १ हजार १ सय ७ शैक्षिक संस्थामा २७ हजार ३ सय २१ विद्यार्थी अध्ययनरत रहेको तथ्यांकमा उल्लेख छ।
प्रकाशित: १३ जेष्ठ २०८१, आईतवार