Technology Khabar १३ जेष्ठ २०८१, आईतवार
काठमाडौं ।
देशभर, हालसम्म ५ लाख ८० हजार ८ सय ८६ थान ईम्बोस्ड नम्बर प्लेट उत्पादन भई ६६ हजार ७ सय १५ थान वितरण भएको छ।
अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणअनुसार हाल ६ स्थानबाट सवारी साधनमा लगाईने ईम्बोस्ड नम्बर प्लेट जडान हुँदै आएको छ।
प्रतिवेदनअनुसार, चालु आर्थिक वर्षको फागुनसम्म उत्पादित १ लाख १५ हजार ७ सय ८६ थान ईम्बोस्ड नम्बर प्लेटमध्ये ९,९९१ थान वितरण भएको छ।
यसैगरी २०८० असार मसान्तसम्म ३४ लाख १९ हजार ४ सय १० सवारी चालक अनुमतिपत्र प्रिन्ट गरी वितरण भएकोमा २०८० फागुनसम्म ३४ लाख ६६ हजार ७ सय ७३ थान सवारी चालक अनुमतिपत्र प्रिन्ट गरी वितरण भएको तथ्यांकमा उल्लेख छ।
साथै २०८० असारसम्म ३६ यातायात व्यवस्था कार्यालय/सेवा कार्यालयमा विद्युतीय सवारी चालक अनुमतिपत्र प्रणाली लागू भएकोमा हाल ३९ यातायात व्यवस्था कार्यालय/सेवा कार्यालयमा यस्तो प्रणाली लागू भएको सर्वेक्षणले भनेको छ।
प्रकाशित: १३ जेष्ठ २०८१, आईतवार